विजय आधारभूत विद्यालयमा अभिभावक तथा विद्यार्थी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्र
गैंडाकोट । गैंडाकोट ८ मा अवस्थित श्री विजय आधारभूत विद्यालयले आज शनिबार अभिभावक तथा विद्यार्थी उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ । उत्प्रेरणात्मक कार्यक्रममा बालमैत्री अभियन्ता ,शिक्षक एवम् उत्प्रेरक जगन्नाथ उपाध्यायले अभिभावकहरुलाई जीवनको अमूल्य सम्पत्ति आफ्ना सन्ततिहरु भएकाले उचित संस्कार दिन, बेला बेलामा विद्यालयमा आएर जानकारी लिन, घरमा पढ्ने वातावरण बनाइदिनु हुन अभिभावकहरुलाई अनुरोध गर्नुभयो ।
उत्प्रेरणात्मक कार्यक्रममा अभिभावक ,जनप्रतिनिधि ,समाजसेवी विद्यार्थी एवम् शिक्षकहरुको सहभागीता रहेको थियो । विद्यालयले संस्कार युक्त शिक्षा प्रदान गर्ने अभियान अन्तरगत विद्यार्थी तथा अभिभावक उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको प्रधानाध्यापक सरस्वती पाण्डेले जानकारी दिनुभयो ।