२६ औँ बार्षिक उत्सवको अवसरमा अक्सफोर्ड सेकेन्डरी स्कुलमा पुरस्कार वितरण तथा विज्ञान प्रदर्शनी र फुड फेस्टीबल 

२०८२ माघ २३ शुक्रबार १९:१९:०० मा प्रकाशित

गैंडाकोट । अक्सफोर्ड सेकेन्डरी स्कुलले आफ्नो २६ औँ वार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण, विज्ञान प्रदर्शनी तथा फुड फेस्टीबल सम्पन्न गरेको छ । शुक्रबार गैँडाकोट-१ स्थित विद्यालय परिसरमा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले पढाइलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक जीवनसँग जोडेर अध्ययन गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले आजको युग प्रविधिको युग भएकाले समय सुहाउँदो शिक्षाको खाँचो रहेको उल्लेख गर्दै अक्सफोर्ड सेकेन्डरी स्कुलले व्यवहारिक शिक्षालाई प्राथमिकता दिएको देख्दा खुशी लागेको बताउनुभयो । साथै, विज्ञान प्रदर्शनी, फुड फेस्टीबल  तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी विद्यालयले बालबालिकालाई संस्कारयुक्त र व्यवहारिक शिक्षा प्रदान गर्न अग्रसर भएकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।


कार्यक्रममा कक्षा केजीदेखि एसईई कक्षासम्म उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीहरूले पाठ्यक्रममा आधारित रहेर तयार पारेका मौलिक खानाका परिकारहरू प्रदर्शनी तथा बिक्री वितरण गरेका थिए । फुड फेस्टीबलमा सेलरोटी, बटुक, अचारलगायत विभिन्न परिकारहरू प्रस्तुत गरिएको थियो ।


कार्यक्रमका विशिष्ट अतिथी Dynamic leader अक्सफोर्ड सेकेन्डरी स्कुल तथा Oxford college of engineering and Management का founder principal डा.ई हरिप्रसाद भण्डारीले विद्यार्थीलाई कक्षाकोठामा पढाइएका शैक्षिक सामाग्रीलाई नै उपयोग गरी विद्यार्थीद्धारा निर्माण गरिएका विज्ञानका मोडेल र खानाका परिकारलाई विद्यार्थीकै नेतृत्वमा प्रदर्शनीमा राखेको बताउनुभयो । उहाँले विद्यार्थीलाई विद्यालय करिएर निर्माण गर्ने प्लेटफर्म भएकोले पनि विद्यार्थीलाई विद्यालयको शैक्षिक क्यालेण्डर बमोजिम विभिन्न क्रियाकलाप गर्दै आइरहेको र यस्ता क्रियाकलापले विद्यार्थीलाई म पनि गर्न सक्छु भन्ने मनोभाव जगाउन सके मात्र पनि भोलिका दिनमा विद्यार्थीको जीवनमा उल्लेखनीय भूमिका रहने कुरामा दुई मत नरहेको बताउनुभयो ।


विशिष्ट अतिथी वडा नं. १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले विद्यालय गैंडाकोट क्षेत्रकै उत्कृष्ट भएकाले अगामी दिनमा अझै प्रगतिको कामना गर्नुभयो ।


धौलागिरी टोल विकास संस्थाका अध्यक्ष चन्द्र बहादुर अधिकारीले विद्यालयको विकासमा टोल विकास संस्थाको पनि महत्वपुर्ण भुमिका रहने भएकाले टोलविकास संस्थाकोतर्फबाट सकेको सहयोग गर्ने बताउनुभयो ।   


अक्सफोर्ड सेकेन्डरी स्कुलका शैक्षिक सल्लाहाकार प्रा.डा.बसन्त प्रसाद अधिकारीको सभाध्यक्षमा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विश्वनाथ सापकोटा, Oxford college of engineering and Management का engineering विभाग प्रमुख भिमप्रसाद भण्डारी, अक्सफोर्ड सेकेन्डरी स्कुलका exam coordianator श्रीधर पाठक, अक्सफोर्ड सेकेन्डरी स्कुलका शैक्षिक संयोजक कमल प्रसाद वाग्ले लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि सहित अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरुले साङ्गितिक तथा नृत्य प्रस्तुत समेत गरेका थिए । 


अङ्ग्रेजी विभाग प्रमुख देविलाल जोशिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण विद्यालय प्रशासन तथा लेखा प्रमुख नारायण सिग्देलले गर्नुभएको थियो ।