गैंडाकोट इग्लिस स्कुलको मिनी म्याराथन सम्पन्न

खुल्ला तर्फ २२ मिनेटमा ६ किलोमिटर दौडेर प्रेमलाल कुँवर प्रथम

२०८२ माघ २४ शनिबार १७:४१:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट इग्लिस स्कुलको मिनी म्याराथन सम्पन्न भएको छ। शनिबार स्कुलको परिसरमा भएको प्रतियोगितामा खुल्ला तर्फ महिला, पुरुष , अभिभावकहरूतर्फ महिला, पुरुष , सिनियर र जुनियर विद्यार्थीतर्फ  छात्र र छात्रा गरि चारवटा विधामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको खुल्लातर्फ पुरुषबाट प्रेमलाल कुँवरले २२ दशमलव १७ मिनेटमा दौड पुरा गरी प्रथम हुनुभएको छ । त्यस्तै हरेन्द्र होराइजनले २३ दशमलव ७ मिनेटमा दूरी पार गरी द्वितीय हुनुभएको छ भने प्रेम गुरुङले २४ दशमलव ९ मिनेटमा दूरी पार गर्दै तृतीय स्थान हासिल गर्नुभएको छ।

त्यस्तै खुल्ला तर्फको महिला प्रतिस्पर्धामा प्रगति अधिकारीले ४० दशमलव ३० मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभएको छ। त्यस्तै वर्षा सापकोटाले ४३ दशमलब ७ मिनेटमा दूरी पार गर्दै द्वितीय स्थान हासिल गर्नुभएको छ भने प्रशंसा विकले ४४ दशमलब ९  मिनेटमा दूरी पार गर्दै तृतीय हुनुभएको छ ।

प्रतियोगिता खुल्लातर्फ बाट पुरुष तथा महिला बिधामा प्रथम हुनेलाई ५हजार ,द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजार नगद ,प्रमाणपत्र र मेडल प्राप्त गर्ने विद्यालयका प्लस टु कोअर्डिनेटर तथा  अतिरिक्त क्रियाकलाप संयोजक जीवन दवाडीले बताउनुभयो ।

त्यस्तै अभिभावकहरूतर्फ पुरुष बाट रोशन परियारले ३२ दशमलव ४३ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभएको छ । दिपु बिकले ३३ दशमलव ३६ मिनेटमा दूरी पार गर्दै तृतीय स्थान र प्रतिक थापाले ३५ दशमलव ३३ मिनेटमा दूरी पार गरी तृतीय हुनुभएको छ ।

तेस्तै अभिभावक महिलातर्फ सपना कौशलले ३८ दशमलव २९ मिनेटमा दूरी पार गरी प्रथम स्थान हासिल गर्नुभएको छ । मनिषा लामिछानेले ४० दशमलव २३ मिनेटमा दुरि पार गरी द्वितीय स्थान हासिल गर्नुभएको छ भने सुष्मा खड्काले ४० दशमलव ५३ मिनेटमा दूरी पार गरी तृतीय स्थान हासिल गर्नुभएको छ।

प्रथम हुने अभिभावकले आगामी वर्षको भर्नाको वार्षिक शुल्कमा ७५% छुट पाउनु हुनेछ । त्यस्तै द्वितीय हुने अभिभावकले ५०% छुट र तृतीय हुने अभिभावकहरुले २५% छुट पाउनुहुनेछ। प्रतियोगितामा प्ले ग्रुपदेखि १० कक्षासम्मका बिद्यार्थीहरुको अभिभावकहरूको सहभागिता रहेको थियो।

त्यस्तै प्रतियोगितामा सिनियर विद्यार्थीतर्फ छात्र बिधामा सुशान्त घिमिरेले २७ दशमलव २७ मिनेटमा दूरी पार गरी प्रथम स्थान हासिल गर्नुभएको छ। सिजल थापाले ३१ दशमलव ३ मिनेटमा दूरी पार गरी द्वितीय हुनुभएको छ भने सम्राट थापाले ३१ दशमलव ३० मिनेटमा दुरी पार गरी तृतीय स्थान हासिल गर्नुभएको छ।

त्यस्तै प्रतियोगितामा सिनियर विद्यार्थीतर्फ छात्रा विधामा आकांक्षा पौडेलले ४१ दशमलव ४५ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभएको छ । स्नेहा कुँवरले ४७ दशमलव ५५ मिनेटमा दूरी पार गरी द्वितीय हुनुभएको छ। त्यस्तै जानवी सापकोटाले ४८ दशमलव ४७ मिनेटमा दूरी पार गरी तृतीय स्थान हासिल गर्नुभएको छ ।
प्रतियोगितामा सिनियर विद्यार्थीहरूबाट प्रथम, द्वितीय, तृतीय, हुनेहरूले हाउस पोइन्ट र मेडल प्राप्त गर्ने अतिरिक्त क्रियाकलाप संयोजक दवाडीले बताउनुभयो ।

त्यस्तै प्रतियोगितामा  जुनियरतर्फ  छात्रबाट अभिमान अधिकारी ३२ दशमलव २७ मिनेटमा दूरी पार गरी प्रथम स्थान हासिल गर्नुभएको छ त्यस्तै सरिम कुँवरले ३३ दशमलव ३६ मिनेटमा दूरी पार गरी द्वितीय स्थान हासिल गर्नुभएको छ । पुष्कर थापाले ३४ दशमलव १७ मिनेटमा दूरी पार गरी तृतीय स्थान हासिल गर्नुभएको छ।

प्रतियोगितामा जुनियर छात्रातर्फ ओजस्वी डिस्वा मगरले ४१ दशमलव १८ मिनेटमा दूरी पार गरी प्रथम स्थान हासिल गर्नुभएको छ भने सेन्सु थापाले ४१ दशमलव ३७ मिनेटमा दूरी पार गरी द्वितीय हुनुभएको छ। त्यस्तै शुभेच्छा पंगेनीले ४१ दशमलव ४३ मिनेटमा दूरी पार गरी तृतीय हुनुभएको छ।

विद्यालय परिसरबाट सुरु भएको ६ किलोमिटर लामो मिनि माराथन विशालचोक हुँदै मिलनचोक त्यस्तै मिलनचोकबाट मौलाकाली फेदी पुगेर मौलाकालिका केवलकारको बटन स्टेसन हुँदै नवदुर्गा स्कुल अगाडिको पिच बाटोबाट कालीगण्डकी कोरिडोर हुदै शुभचोक बाट नयाँबजार हुँदै पुःन मिलनचोकबाट शिलान्यास चोक हुँदै विद्यालय परिसरमा गएर सकिएको थियो । रोटरी क्लब अफ गैडाकोटको सहकार्य, एसके टेलरिङको सहयोगमा मिनि  म्याराथन भएको हो । मिनी म्याराथनमा २८५ जनाको सहभागिता रहेको थियो।

विद्यालयले अहिले खेलकुद महोत्सव गरिरहेको छ। कक्षा नर्सरि देखि कक्षा १० सम्मका विद्यार्थीलाई सहभागी गराएर खेलकुद महोत्सव गरिएको अतिरिक्त क्रियाकलाप संयोजक जीवन दवाडीले जानकारी दिनुभयो। खेलकुद महोत्सवमा एथलेटिक्स समूह प्रतिस्पर्धा लगायत र विभिन्न खेलहरू रहेका छन् । प्रतियोगिता २० गतेदेखि सुरु भएर यही माघ २८ गतेसम्म सञ्चालन हुने दवाडीले बताउनु भयो।

विद्यालयले माघ २० गतेदेखि २३ गतेसम्म प्ले ग्रुपदेखि कक्षा ३ सम्मका बिद्यार्थीेलाई विभिन्न विधामा प्रतिस्पर्धा गराएको थियो । माघ २५ देखि २८ गतेसम्म सिनियर विद्यार्थीहरुलाई एथलेटिक्सको १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर ,सर्टफुट ,ज्याब्लिन थ्रो, बौद्धिक खेल चेस, फुटबल, भलिबल, खोखो र  टकअफवार जस्ता खेलहरू खेलाएर महोत्सव गर्ने बिद्यालयले जनाएको छ । तेस्तै माघ २८ गते पूर्व विद्यार्थीहरूको लागि खेल, अभिभावकहरूको लागि भाग्यको खेल र पुरस्कार वितरण सँगै खेलकुद सप्ताहको समापन गरिने अतिरिक्त क्रियाकलाप संयोजक दवाडीले जानकारी दिनुभयो ।

विद्यालयले आयोजना गर्दै आएको  चितवन, नवलपुर लगायतका जिल्लाबाट सहभागी हुने अन्तरविद्यालय फुट्सल प्रतियोगिता भने फागुनको ६ र ७ गते आयोजना गर्ने विद्यालयले जनाएको छ ।
गैँडाकोट नगरपालिकाको एकमात्र ‘क’ वर्गको विद्यालय गैंडाकोट इंग्लिस स्कुलले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि वार्षिक खेलकुद महोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरीरहेको छ।