नवलपरासीपूर्व १ मा स्वतन्त्र उम्मेद्वारका चुनाव चिन्ह कसले के पाए ? 

२०८२ माघ १० शनिबार २२:१९:०० मा प्रकाशित


नवलपरासी पूर्व । नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नं. १ मा फागुन २१ गते हुने निर्वाचनमा ४ जनाको स्वतन्त्र उम्मेद्वारी परेको थियो । कावासोती १३ का ४६ वर्षका गोकुल शर्मा, देवचुली १४ का विन्दु केसी र गैँडाकोट १४ का अविनास सुनारको उम्मेद्वारी रहेको थियो ।

स्वतन्त्र उम्मेद्वार मध्ये कावासोती १ का ५४ वर्षका लक्ष्मण श्रेष्ठले उम्मेद्वारी फिर्ता लिइसकेका छन् । स्वतन्त्र उम्मेद्वारहरु मध्ये गोकुल शर्माले डस्टविन चुनाव चिन्ह प्राप्त गरेका छन् ।  अविनास सुनारले झोला चुनाव चिन्ह पाएका छन् भने विन्दु केसीले दूरबीन गरेका छन् ।   

स्वतन्त्र सहित १६ जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन् ।