जनजागृति आधारभूत विद्यालयमा सरस्वती मन्दिरको शिलान्यास
गैँडाकोट । गैँडाकोट वडा नं ३ मा अवस्थित जनजागृति आधारभूत विद्यालयमा सरस्वती मन्दिरको शिलान्यास मंगलबार गरिएको छ । गैँडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव खेमप्रसाद आचार्यले धार्मिक विधि पूर्वक शिलान्यास गर्नुभएको हो । सो सरस्वती मन्दिर गैँडाकोट नगरपालिका वडा नं ३ को विनियोजित बजेट अनुसार निर्माण हुन लागेको हो । शिलान्यास स्थानीय पुजारी पदम गन्द्रमाले धार्मिक विधि पूर्वक गराउनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर गन्द्रमाको अध्यक्षतामा सम्पन्न सो शिलान्यास कार्यक्रममा समाजसेवी सन्तबहादुर पुलामी र पदमा गन्द्रमाको पनि उपस्थिति रहेको थियो । शिक्षक पुनराम गन्द्रमाले सहजीकरण गर्नुभएको सो कार्यक्रममा प्रधानाध्यापक मदन भट्टराईले स्वागत गर्नुभएको थियो ।