नवलपुरको गैंडाकोटमा बहुक्षेत्रिय पोषण कार्यक्रम सम्पन्न 

२०८२ मङ्सिर २३ मंगलबार १७:२०:०० मा प्रकाशित

नवलपुर । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नं. ४, ८, १२, १३ र १७ मा वहुक्षेत्रिय पोषण अभियानमा पुरक खाना सम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको थियो । गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाको उपस्थितिमा कार्यक्रम भएको थियो ।कार्यक्रममा विशेष अतिथि वडा अध्यक्षहरु, सदस्यहरू, सुनौलो हजार दिनका महिलाहरुको उपस्थित रहेको थियो ।

यस अभियान अन्तर्गत महिलाहरूलाई पाँच दिनसम्म मल्टिपल माईक्रोन्युट्रिएन्ट पोषण पूरक खानेकुरा सम्बन्धी अभिमुखीकरण र व्यवहारिक तालिम प्रदान गरिएको जनाइएको छ । उक्त अभियान  २०८२÷०७÷२८ देखि ३० र मंसिर  ९ गते  सञ्चालन भएको थियो। सो तालिमको अवधिमा जम्मा २ सय ५७ जना सहभागिहरू उक्त पोषण कार्यक्रममा सहभागी बनेका थिए । स्थानीय तह, स्वास्थ्य शाखा तथा पोषण संयन्त्रको सहकार्यमा सम्पन्न गरिएको यस अभियानले महिलाहरूमा पोषण सचेतना तथा स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ ।