कालिका स्कुलको भजन प्रतियोगितामा मौलाकाली मन्दिर प्रथम
कालिका नमुना माविको ५० औ“ स्वर्ण महोत्सवको अवसरमा आयोजित बृहत खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको परिसरमा मंगलबार भएको प्रतियोगितामा शिक्षाको महत्व विषयमा विभिन्न समूहले भजनको प्रस्तुती दिएका थिए ।
प्रतियोगितामा मौलाकालिका मन्दिर भजन समूह प्रथम भएको छ । प्रथम हुने समूहले नगद १५ हजार प्राप्त गरेको छ ।
सरस्वती निकेतन बोर्डिङ स्कुल दोस्रो भएको छ । सरस्वती निकेतनले नगद रु. १० हजार प्राप्त गरेको छ ।
कालिका मन्दिर कालिका आश्रमले तृतीय स्थान प्राप्त गरेको छ । तृतीयले नगद ७ हजार प्राप्त गरेको छ ।
सान्त्वना पुरस्कार सिद्धिविनायक टोल महिला समूहले प्राप्त गरेको छ । सिद्धि विनायकले नगद ५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले विजयी समूहलाई शुभकामना दिनुभएको छ ।
निर्णायक मण्डलका भजनगायक चेतराज कंडेल, लोकगायक अमरविरहि गुरुङ र लेखक तथा साहित्यकार विष्णुमाया पन्थीरहनुभएको थियो ।
बृहत खुल्ला भजन प्रतियोगितामा १८ वटा टिमहरूको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गङ्गाधर सापकोटाले अध्यक्षता गर्नुभएको विद्यालयका शिक्षक मुकुन्द पौडेलले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।।