भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार दृढः प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न दृढ रहेको बताउनुभएको छ । भ्रष्टाचारविरूद्धको २२ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने क्रममा धम्की आएको संकेत गर्दै भ्रष्टाचारविरूद्ध चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्ष रूपमा धम्क्याए पनि आफूहरू नडराउने उल्लेख गर्नुभयो ।
उहाँले जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकारपछि नहट्ने बताउनुभयो । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन् । सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गर्नुभयो ।
जनताका काममा अनावश्यक ढिलासुस्ती गर्ने, जिम्मेवारीबाट पन्छिने, मोलाहिजा गर्ने, अनुचित लाभ लिने, राज्यलाई हानि नोक्सानी पु¥याउने कार्य कुनै पनि बहानामा सह्य हुन नसक्ने बताउनुभयो ।