नेविसंघले बुझायो बालेन र सुदन विरुद्ध जाहेरी

काठमाडौँ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले पनि बालेन शाह र सुदन गुरुङ विरुद्ध जाहेरी दिएको छ ।
नेविसंघले गत भदौ २३ र २४ मा जेनजी प्रदर्शनको क्रममा काठमाडौँका मेयर बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङले विद्यार्थीलाई युनिफर्ममा आन्दोलनमा जान उकासेको र घुसपैठ गराएर सार्वजनिक सम्पत्ति ध्वस्त बनाएको आरोप लगाउँदै कारबाही गर्न माग गरेको छ ।