उद्योग वाणिज्य संघ नवलपरासी बर्दघाट सुस्तापूर्वको छैटौँ साधारण सभा सम्पन्र

२०८२ असोज २५ शनिबार २०:०६:०० मा प्रकाशित

गैंडाकोट । उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले शनिबार आफ्नो छैटौँ वार्षिक साधारण सभा सम्पन्र गरेको छ। कार्यक्रम गैंडाकोटस्थित होटल द नारायणीमा सम्पन्र भएको हो ।
साधारण सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष दीपक प्रसाद सापकोटाले स्थापना कालदेखि नै संघले उद्योगी व्यवसायीहरूको हक–हित संरक्षण, सम्बद्र्धन र समन्वयमा निरन्तर अग्रसर हुँदै आएको बताउनुभयो। उहाँले संघले संवाद र सहकार्यका माध्यमबाट क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धहरू विस्तार गर्दै आएको उल्लेख गर्नुभयो ।
अध्यक्ष सापकोटाले विभिन्न गोष्ठी, सेमिनार, तालिम, भ्रमण र प्रदर्शनीहरू आयोजना गर्दै उद्योग व्यवसाय क्षेत्रमा देखिएका विकृति, विसड्डति र समस्या समाधानका लागि संघ सधैं सक्रिय रहँदै आएको जानकारी दिनुभयो ।उहाँले आउँदो गैंडाकोट चौथो महोत्सव आगामी पुष २५ गतेदेखि माघ ५ गतेसम्म आयोजना गर्ने तयारी पूरा भइसकेको जानकारी गराउनुभयो। सापकोटाका अनुसार महोत्सव नगरको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान विस्तार गर्ने एउटा महत्वपूर्ण अवसर हुनेछ।

त्यसैगरी गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले व्यवसायीहरूका पहल र उद्योगहरूको विस्तारका लागि अनुकूल वातावरण बनाउन नगरपालिका तत्पर रहेको बताउनुभयो। उहाँले नगर विकासका लागि सबै पक्षको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै “नगरपालिका र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ,” भन्नुभयो ।
कार्यक्रममा महासचिव तेजनारायण पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघले विभिन्न निकायहरूसँग सहकार्यमा उद्योग व्यवसायका हितका कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिनुभयो।

कोषाध्यक्ष माधव प्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आम्दानी र खर्चका विषयमा पारदर्शिता अपनाइएको बताउनुभयो ।
त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिका संयोजक चिन्तामणि कँडेल ले संस्थाले ऐन, नीति र निर्देशनअनुसार कार्य गर्दै आएको बताउनुभयो । उहाँले सङ्घ स्थापना कालदेखि हालसम्मको प्रगतिमा संस्थापक अध्यक्ष अमृत भट्टचन र पूर्व पदाधिकारीहरूको विशेष योगदान रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छविलाल कँडेलले स्वागत मन्तव्य दिँदै उद्योग वाणिज्य सङ्घले आयोजना गरेका पहिलो, दोस्रो र तेस्रो गैंडाकोट महोत्सव ऐतिहासिक बनेको स्मरण गर्नुभयो। उहाँले राजनीतिक अस्थिरता, नीति–निर्माणमा अनिश्चितता र भ्रष्टाचार केन्द्रित प्रणालीका कारण व्यवसायीहरू कठिनाइमा परेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न उद्योगी व्यवसायी, जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि र पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।