नवदुर्गा टोल विकास संस्थाको पहिलो साधारण सभा सम्पन्न

२०८२ असोज २५ शनिबार १९:२६:०० मा प्रकाशित

गैंडाकोट । नवदुर्गा टोल विकास संस्थाको साधारण सभा सम्पन्न भएको छ। शनिबार नवदुर्गा आधारभूत विद्यालयको परिसरमा गैंडाकोट १ मा रहेको नवदुर्गा टोल विकास संस्थाले आफ्नो पहिलो साधारण सभा गरेको छ।

कार्यक्रममा गैंडाकोट वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले नवदुर्गा टोलभित्र रहेको बाटोलाई स्तरउन्नति गर्न वडाले पहल गर्ने बताउनुभयो। वडा अध्यक्ष रेग्मीले वडाबासीहरूको साथ र सहयोगबाट  काम गर्न सजिलो भएको पनि  बताउनुभयो ।

 

नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष गजेन्द्र लम्सालले सार्वजनिक बाटो खुल्ला गर्ने र व्यक्तिगत सामान बाटोमा नराख्न पनि टोल वासीलाई आग्रह गर्नुभयो। अध्यक्ष लम्सालले टोलमा सरसफाईमा जोड दिने, वन्यजन्तुबाट सजगता अपनाउन पर्ने बताउनुभयो ।  उहाँले टोलमा हुने चोरी नियन्त्रण गर्न टोलबासी सजक हुनुपर्नेमा पनि जोड दिनुभयो ।

संस्थाको सचिव ऋषिराज दर्नालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पार्वती ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक पूर्णिमा गुरुङले प्रस्तुत गर्नुभएको थियो।

 

कार्यक्रममा गैंडाकोट वडा नम्बर १ का जनप्रतिनिधि चेलीमाया सारु मगर, जय श्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमाल, नवदुर्गा महिला समूहकी अध्यक्ष दुर्गादेवी पौडेल र नवदुर्गा बाल क्लबका सचिव अनुष्का सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो।


संस्थाका सह सचिव वीरबहादुर विकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव ऋषिराज दर्नालले गर्नुभएको थियो।

 
कार्यक्रममा आउँदै गरेको शुभ दीपावली छठ पर्व नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो। कार्यक्रममा टोलबासी बुद्धिजीवी समाजसेवी तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


नवदुर्गा टोल विकास संस्थामा लगभग २०० घरधुरीमा एक हजार जनाले बसोबास गर्दै आएका छन् । त्यस्तै टोल विकास भित्र विभिन्न धर्म जातजाति रीतिरिवाज तथा संस्कृति र विभिन्न पेशा व्यवसाय गर्ने मानिसहरू रहेका छन् ।