चितवनको सौराहामा हात्तीको वनभोजः ६० वटा हात्तीलाई खुवाइयो मनपर्ने परिकार

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । १४ औं अन्तर्राष्ट्रिय हात्ती दिवस २०२५ को अवसरमा बागमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको परिसरमा मंगलबार आयोजित कार्यक्रममा हात्तीलाई मनपर्ने परिकारको वनभोज खुवाइएको हो ।
युनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेडको आयोजनामा भएको वनभोजमा सरकारी र नीजि ६० वटा हात्ती सहभागि थिए । हात्तीलाई उखु, गाजर, बन्दा, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको आयोजक युनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपेन्द्र प्रसाद खतिवडाले जानकारी दिनुभयो ।