गैँडाकोट–१८ मा सामाजिक सुरक्षा भत्ता नविकरण सुरु

२०८२ श्रावण २७ मंगलबार १९:११:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका–१८ ले सामाजिक सुरक्षा भत्ता नविकरणलाई प्रभावकारी र सबैसमक्ष सहज बनाउने उद्देश्यले टोलटोलमै पुगेर सेवा दिने अभियान सुरु गरेको छ ।

भौगोलिक रूपमा दुर्गम र विकट बस्तीहरू रहेका कारण वडावासीलाई वडा कार्यालयसम्म आउन घन्टौं लाग्ने भएकाले तथा वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरूलाई सेवा पहुँचमा सहजता दिलाउन यो निर्णय गरिएको वडा अध्यक्ष तिलबहादुर चितौरेले जानकारी दिनुभयो । वडा समितिको निर्णयअनुसार अभियान अन्तर्गत इन्टरनेटको पहुँच भएका विद्यालयहरूलाई केन्द्र बनाइ सामाजिक सुरक्षा भत्ता नविकरण सुरु गरिएको छ। वडाध्यक्ष चितौरे स्वयं र वडा सदस्यहरू समेत टोलीसहित विभिन्न टोलमा पुगेर सेवा दिइरहेका छन्।