गैँडाकोट एसपीएम कलेजमा साउन ३० गते बृहत खुल्ला रक्तदान कार्यक्रम हुने

२०८२ श्रावण २७ मंगलबार १३:२६:०० मा प्रकाशित

नवलपुर । युवा रेडक्रस सर्कल, एसपीएम कलेजको आयोजनामा  साउन ३० गते बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ।  श्रीकृष्ण जन्माष्टमी, हरितालिका तिज र नेपाल रेडक्रस दिवसको अवसरमा नवलपुरको गैँडाकोट नगरपालिका–२ स्थित एसपीएम कलेज परिसरमा साउन ३० गते बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको हो। 

 

आज  भएको पत्रकार सम्मेलनमा कार्यक्रमबारे युवा रेडक्रस सर्कलका अध्यक्ष सुमन पण्डितले जानकारी दिनुभयो । 

 

 कार्यक्रममा कलेजका प्राचार्य दिपेन्द्र पौडेल, प्राध्यापक माधव प्रसाद सिग्देल, स्ववियू सभापति श्याम बाचेलगायत अतिथिहरूले रगतको अभावका कारण बिरामीहरू संकटमा पर्ने भएकाले यस्ता कार्यक्रमले जीवनरक्षक भूमिकामा योगदान पुर्‍याउने बताएका छन्। साथै, युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न रक्तदान महत्त्वपूर्ण हुने धारणा राखिएको थियो।

 

कार्यक्रम साउन ३० गते विहान ८ बजेदेखि सुरु हुनेछ। आयोजकले इच्छुक सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गरेका छन्। साथै, कार्यक्रम सफल बनाउन स्थानीय युवा, स्वयंसेवक, सामाजिक संघसंस्था तथा स्वास्थ्यकर्मीहरूसँग सहकार्य गरिने जनाएको छ।

 

युवा रेडक्रस सर्कलले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय सेवा कार्यहरू गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजनाबारे पनि जानकारी दिइएको छ।