गैंडाकोटमा स्कुटर र ट्रक ठोक्किदा कावासोतीका सुनार र ट्रक चालक बाराका मियाको मृत्यु

गैँडाकोट । नवलपुरको गैंडाकोटमा आज ट्रक र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । गैंडाकोट १० को खरकट्टा जंगलमा ना ५ ख ८४१७ नम्बरको सामान लोड गरेको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
स्कुटरमा सवार कावासोती ३ का दलबहादुर सुनार र ट्रक चालक बाराका रजवन मियाकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
ट्रक पल्टिएर स्कुटरलाई च्यापेर स्कुटर चालकसँगै ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक मुनि दुई जनाको शव च्यापिएको अवस्थामा रहेको थियो ।