सुनसरीको झुम्का कारागारबाट कैदी भागे

२०८२ श्रावण २८ बुधबार १३:२०:०० मा प्रकाशित

विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् ।  जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ निवासी २८ वर्षीय रुपक पौडेल खत्री कारागार वाल चढेर भागेका हुन्।

खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।  उनी २०८१ साउन २१ गतेदेखि  कारागारमा थिए ।

घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।