विकूको ३५ औ बार्षिकोत्सवका कार्यक्रम मानविय सेवासँगै सुरु
४ स्थानबाट संकलन भयो ६ सय ६३ पोइन्ट रगत

गैंडाकोट । विकू वचत तथा ऋण सहकारी संस्थाले आफ्ना केन्द्रिय कार्यालय सँगै ४ स्थानबाट गरेको रक्तदान कार्यक्रममा ६ सय ६३ पोइन्ट रक्त संकलन गरेको छ । विकूको केन्द्रिय कार्यालय नजिकै विजय विकास स्रोत केन्द्रको परिसरमा १ सय ५० पोइन्ट, शरदगौरी शाखा भरतपुरबाट ७९ पोइन्ट, कावासोति सेवा केन्द्र परिसरबाट १ सय ९४ पोइन्ट, दलदले सेवा केन्द्र परिसरबाट २ सय ४० पोइन्ट रक्त संकलन गरेको विकूका मानविय स्रोत व्यवस्थापन बिभाग प्रमुख मदन सापकोटाले जानकारी दिनुभयो ।
विकूले करिब १४ बर्ष देखि रक्तदानको कार्यक्रम गर्दै आएको छ । चितवन र नवलपुरमा रगतको माग अनुसारको आपूर्ति हुन नसकेको अवस्थामा सहज होस भन्ने हेतुले रक्तदान कार्यक्रम गरिएको विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले बताउनुभयो ।
विकू साकोसका अध्यक्ष सापकोटाले बार्षिकोत्सवका कार्यक्रम अन्र्तरगत साउन २७ र २८ गते कावासोति र गैँडाकोटमा बक्तृत्वकला प्रतियोगिता, ३० गते कोल्हुवा सेवा केन्द्रमा रक्तदान कार्यक्रम, ३१ गते सेवाकेन्द्र स्तरिय कर्मचारीका लागि हाजिरीजवाफ र कर्मचारी स्तरिय फुटबल प्रतियोगिता, भदौ १ गते मानव सेवा सहयोग, २ गते गैँडाकोट १०, ११, १२ र १३ लाई पूर्ण सदस्य वडा घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
यस्तै भदौ ५ गते बार्षिकोत्सव बिशेष समारोह, व्यवस्थापन उपसमिति सदस्य स्तरीय खेलकुद म्युजिकल चियर, कर्मचारी स्तरिय नृत्य प्रतियोगिता र डिजीटल पार्कको समुद्घाटन गर्ने कार्यक्रम रहेको जनाईको छ ।
यस्तै कार्यक्रममा गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले वडाले विकूसगै सहकार्य र समन्ववय गर्दै काम गर्ने बताउनुभयो । उहाँले रक्तदान जस्तो मानविय र सेवाजन्य कामबाट बार्षिकोत्सव सुरु गरेकोमा धन्यबाद दिदैँ सफलताको शुभकामना दिनुभयो । सहकारीलाई समायोजनमा लगेर अघि बढ्न सके अझै राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।
मानविय सेवाको कामबाट विकूले बार्षिकोत्सवका कार्यक्रम सुरु गरेको केन्द्रिय कार्यालय उपसमिति संयोजक दिनानाथ त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गर्दै बताउनुभयो ।
गैँडाकोटमा संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजु, दलदलेमा उपाध्यक्ष कालिदास गाौडेल, चितवनमा सचिव गोविन्द कँडेल र कावासोती कोषाध्यक्ष पुष्पराज बरालको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।