कालिका नमुना मा.विमा पूर्व विद्यार्थीहरुको भेला, तदर्थ समिती गठन

गैंडाकोट । कालिका नमुना माध्यामिक विद्यालयले शनिबार विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पूर्व विद्यार्थीहरुको भेलाको आयोजना गरेको छ । भेलाबाट त्रिलोचन सापकोटाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिती गठन गरेको छ । जसको उपाध्यक्षमा परमेश आचार्य, सचिवमा कोपिला गिरी, कोषाध्यक्षमा आनन्द चालिसे, सह-सचिवमा विन्दु सापकोटा चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा तिला वन सन्यासी, टङ्क प्रसाद सापकोटा, विक्रम सुवेदी, गणेश राज गिरी, हिरा भुषाल रिमाल, रञ्जना लामिछाने, सविता तिवारी, कौशिला सापकोटा, गोमा चालिसे र लक्ष्मी प्रसाद चापागाई चयन हुनुभएको हो ।
कालिका नमुना मा.वि का प्रधानाध्यापक होमनाथ शर्माले स्वर्ण महोत्सवको अवसरमा आयोजित यस भेलाले पूर्व विद्यार्थीहरुबिच भेटघाट र समन्वयको अवसर प्रदान गरेको बताउनुभयो । उहाँले विद्यालयको निरन्तर प्रगतिको यात्रामा पूर्व विद्यार्थीहरुको साथ र सल्लाह प्रेरणादायी रहने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाले विद्यालयको स्वर्ण महोत्सव कार्यक्रमलाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु हुने सम्पूर्ण पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थीहरु, सहयोगी व्यक्तित्व तथा समाजसेवीप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका संस्थापकअध्यक्ष सालिकराम सापकोटा,विद्यालयका पूर्व अध्यक्ष एवम् गैंडाकोट ८ का वडाध्यक्ष प्रेम सापकोटा,पूर्व विद्यार्थी एवम् पूर्व अध्यक्ष करुण सागर सुवेदीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा पूर्व शिक्षक एवम् जनक मा.विका प्रधानाध्यापक चुडामणी शर्मा कंडेल, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मीप्रसाद चौधरी, विद्यालय व्यवस्थापन समितका सदस्य, शिक्षक, पूर्व विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
शिक्षक प्रतिनिधी व्यवस्थापन समितीका यशोधादेवी कंडेलले स्वागत मन्तव्य राख्नुभएको औपचारिक कार्यक्रमको सहजीकरण पूर्व विद्यार्थी एवम् शिक्षकहरु डिल्ली आचार्य र भानु सापकोटाले गर्नुभएको थियो ।