मोटरसाइकलको ठक्करबाट साइकलयात्री वृद्ध घाइते

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं-२, टाँडीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री वृद्ध घाइते भएका छन् । ना ६२ प २०६९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री रत्ननगर-२ बस्ने ७० वर्षीय गोविन्द बर्तौला घाइते भएका हुन् ।
घाइते वृद्धको रत्ननगर बकुलहर अस्पताल, टाँडीमा उपचार भइरहेको र उपचारमा निजका छोरा ध्रुव बर्तौला र मोटरसाइकल चालक भरतपुर-९ बस्ने ३८ वर्षीय सुमन दराई संलग्न रहेको प्रहरीले जनाएको छ ।