रामपुरमा नहरले बगाउँदा ७२ वर्षीय वृद्धको मृत्यु

२०८२ श्रावण १६ शुक्रबार १७:०३:०० मा प्रकाशित

रामपुर (पाल्पा) ।  रामपुर नगरपालिकामा रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाको नहरले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।


रामपुर-४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धनबहादुर थापाको आज नहरले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिनुभयो । घरबाट एक्लै निस्किनुभएका उहाँ रामपुर-५, बेझाँडस्थित नहरको दुई नम्बर शाखामा बग्दै गरेको अवस्थामा भेटिनुभएको हो ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस