सरस्वती निकेतन आवासीय माविद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण 

२०८२ असार ३० सोमबार १९:०१:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट-२ मा अवस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले सोमबार कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वागत तथा मार्गदर्शन गर्ने उद्देश्यका साथ अभिमुखीकरण गरेको छ । कार्यक्रम गैँडाकोट-२ स्थित होटल ताज महलमा गरिएको थियो।


कार्यक्रममा चर्चित डान्सर सुरु भुजेलले आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो भने ¥यापर डिएक्स फ्लोले आफ्नो प्रस्तुती दिनुभएको थियो । उहाँहरुको नृत्य र गीतसँगै विद्यार्थीहरु पनि उत्साही देखिन्थे । 
कार्यक्रममा विद्यालयका प्राचार्य भरतबाबु कंडेलले सरस्वती निकेतनको शैक्षिक गुणस्तर, हालैका उपलब्धि तथा  सिनियर एनसीसीको  मा छनोटमा परेकोे बताउनुभयो । साथै  उहाँले विद्यार्थीहरूलाई लक्ष्यमा केन्द्रित हुँदै अध्ययन गर्न प्रेरणा दिनुभयो।


सहायक प्राचार्य लक्ष्मण कंडेलले अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति, गुणस्तरीय शिक्षण प्रणाली तथा शिक्षकहरूको दक्षताका विषयमा प्रकाश पार्दै विद्यालयको शैक्षिक यात्रालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


कक्षा ११ मा अध्ययनरत छात्रा हिल्सन पौडेलले विद्यालयमा पठनपाठनको वातावरण, शिक्षकहरूको सहयोग र विद्यार्थीमैत्री व्यवहारको बारेमा बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि कमल तिवारी, अभिभावक सरिता हुमागाईं, दीपक विक, पूर्वविद्यार्थी ओमप्रकाश विक, इन्जिनियर यमलाल कंडेल लगायतले विद्यार्थीहरूलाई आत्मविश्वासी हुँदै आफ्नो लक्ष्य पहिल्याई उज्वल भविष्य निर्माण गर्न सुझाव दिनुभयो।
विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. गंगाराज पोखरेलले जीवनमा व्यवहारिक शिक्षा र अनुशासनको महत्त्वबारे चर्चा गर्दै “शिक्षा किताबी ज्ञानबाट मात्र नभई  अनुभव र प्रयोगात्मक ज्ञानबाट सिक्न सकिने बताउनुभयो ।
प्लस २ कोओडिनेटर घनश्याम सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको नेपाली विषयका प्रमुख शिक्षक राजेन्द्रप्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो ।