सहमतिले गर्यो छैठो नारायणी जल संवाद तथा अन्तरक्रिया

प्रकृतिमा आधारित समाधान र जल सुशासनलाई जोड दिनुपर्ने

२०८२ असार ११ बुधबार १७:३७:०० मा प्रकाशित

गैँडाकोट । जल संरक्षणका लागि प्रकृतिमा आधारित समाधान र जल सुशासनलाई जोड दिनुपर्ने सरोकारवालाले बताएका छन्। डब्लु डब्लु एफ र सहमतिको आयोजनामा गैंडाकोटमा रहेको सहमतिको हलमा  छैठो नारायणी जल संवाद तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सतहको पानी प्रयोग गर्न सके वैज्ञानिक र प्राकृतिक हुने बताएका छन् । सहभागीहरूले डिप बोरिङभन्दा सतहको पानीलाई प्रयोग गर्न आवश्यक रहेको त्यस्तै गरेर पुराना इनार, कुवा संरक्षणको आवश्यकता रहेको समेत बताएका छन्। यस्तै गरेर घर निर्माण गर्दैगर्दा स्रोत ट्याङ्की बनाउन आवश्यक रहेको, बृक्षरोपणको नीति पनि लागु गर्नुपर्ने बताएका छन्। खानेपानीको शुद्धिकरणको सवालमा पनि अन्तरक्रिया कार्यक्रममा छलफल भएको थियो।


सहमतिका अध्यक्ष होमनाथ सुवेदीले सहमतिले वातावरण संरक्षण प्रकृतिमा आधारित समाधान वन सिमसार लगायतका विभिन्न क्षेत्रमा रहेर काम गरिरहेको बताउनुभयो । उहाँले रिचार्ज पोखरी संरक्षण निर्माणका लागि ४० वटा पोखरी निर्माण गरिसकेको बताउनुभयो । सिमसार र वातावरणका क्षेत्रमा पनि सहमतिले सहयोग गर्दै आएको बताउनु भएको छ । नीतिगत तहमा पानीको रिचार्ज गर्ने नीति आवश्यक रहेको उहाँले बताउनुभएको छ। उहाँले सहमतिले वातावरण संरक्षण प्रकृति संरक्षण वन पर्यावरण र सिमसारको संरक्षणमा काम गरिरहेको बताउनुभएको छ।


सहमति संस्थाको आयोजनामा भएको छैठौं नारायणी जल संवाद तथा अन्तरक्रिया कार्यक्रममा अधिवक्ता डिलराज खनाल त्यस्तै गरेर सहमतिका परियोजना संयोजक खेमराज खनालले सहजीकरण गर्नुभएको थियो।
अधिवक्ता डिल्लीराज खनालले जलस्रोतमा जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका उपाय स्रोत कम हुँदै गएको संरक्षणमा जोड्िदन आवश्यक रहेको बताउनुभएको थियो उहाँले असार साउन यो समयमा बाढीले क्षति पु¥याउने त्यस्तै गरेर पानी सँगसँगै पानीका कारणले स्वास्थ्य र पर्यावरणमा पनि प्रभाव पार्ने हुनाले जलस्रोतको एकीकृत व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभएको छ। उहाँले पानीको न्यायोचित वितरण, जल भण्डारण वृद्धि, वन सिमसार र जलाधारलाई एकैसाथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ। दैनिक प्रतिव्यक्ति ५० देखि १०० लिटरसम्म पानीको आवश्यकता पर्ने र खानेपानीको पहुँच एक किलोमिटर भित्र ३० मिनेट भित्र संकलन गर्न सकिने हुनपर्ने पनि बताउनुभएको थियो।
यस्तै गरेर सहमतिका परियोजना संयोजक खेमराज खनालले सहमतिले वन पर्यावरण संरक्षण सिमसार क्षेत्रको संरक्षण पानीको स्रोत संरक्षणका स्थानमा रहेर काम गरेको बताउनुभएको छ। उहाँले प्रकृतिमा आधारित समाधान, ट्रिपल बेनिफिट परियोजना अन्तर्गत रहेर पनि सहमतिले काम गरेको बताउनुभयो। सहमतिले १०७ घरधुरीलाई सुधारिएको गोठ त्यस्तै गरेर छ किलोमिटर भन्दा बढी सिचाईको निर्माण गरेको र विशेष गरेर पछिल्लो समय जैविक बाँधलाई पनि सहमतिले अगाडि बढाइरहेको उहाँले बताउनुभएको छ। चितवनमा रहेर ३३७ मिटरको जैविक बाँध पनि निर्माण भइसकेको छ र अन्य प्रक्रियाहरू पनि अगाडि बढेको उहाँले बताउनुभएको थियो।


उपभोक्ता संस्था लगायत विभिन्न सरकारवालाहरूको सहकार्यमा जलाधार र यसको दिगो व्यवस्थापन गर्न सकिने पनि सहमतिका परियोजना संयोजक खेमराज खनालको भनाइ रहेको छ । उहाँले जैविकवाध निर्माण वन हेरालु वन डढेलो नियन्त्रणका लागि १३ प्रकारका सामग्री हस्तान्तरण सिचाई कुलोलाई सहयोग लगायतका काम सहमतिले विभिन्न निकायहरूसँग सहकार्य गर्दै गरेको बताउनुभएको छ।
उहाँले नदी बेसिनको महत्वका विषयमा पनि जानकारी गराउनुभएको थियो नारायणी नदीको सहायक नदी वा खोला जलाधार क्षेत्र नारायणीको बेसिन रहेको र बेसीन एप्रोचमा नदीको संरक्षण व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले वातावरण संरक्षण पानीको स्रोत संरक्षणमा सबैले हातेमालो गर्दै काम गर्नुपर्ने बताउनुभएको छ। उहाँले नदीको अनावश्यक दोहन रोकिनुपर्ने र त्यसका लागि कानुनमा लेखेका कुराहरूलाई कार्यान्वयन गर्दै अगाडि बढेको उहाँले बताउनुभएको छ। साथै कानुन मिच्नेलाई कानुन अनुसार कारबाही गरिएको पनि उहाँले जानकारी दिनुभयो। यस्तै गरेर चितवनमा बुधबार मात्रै पनि ढुङ्गाा गिटी बालुवा कानुन विपरीत उठाउनेलाई १ लाख जरिवाना गरेको उहाँले जानकारी दिनुभएको छ। यस्तै गरेर उहाँले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न पानी र स्रोतको संरक्षण गर्न सबैले आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने बताउनुभएको छ । 
यस्तै गरेर नवलपुरका डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले पानी रिचार्जको व्यवस्था गराउनुपर्ने बताउनुभएको छ। पानीकोल मूल सुकेको भएपनि अहिले वन क्षेत्र भने बढेको पाइएको उहाँले बताउनुभयो ३८ प्रतिशत बाट वन क्षेत्र ४५प्रतिशत  पुगेको छ भने नवलपुरको अवस्थामा ७०प्रतिशत  वन क्षेत्र रहेको पनि उहाँले जानकारी दिनुभएको छ उहाँले वन संरक्षण सिमसार क्षेत्रको संरक्षण जलस्रोतको संरक्षणका लागि सबैले सहकार्य र हातेमालो गर्दै काम गर्नुपर्ने बताउनुभएको छ।
सो कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी,  फेकोफन चितवनका अध्यक्ष विष्णुकुमार शर्मा, सहमतिका उपाध्यक्ष नगेन्द्र रिजाल, त्यस्तै गरेर जनप्रतिनिधिहरू चितवन र नवलपुरका डिभिजन वन कार्यालयका प्रतिनिधिहरू विभिन्न वन तथा सामुदायिक वनका प्रतिनिधिहरु खानेपानी संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो। यस जलसंवाद र अन्तरक्रिया कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने र सबैलाई सचेत बनाउने अपेक्षा सहमति संस्थाको रहेको छ।
सहमति संस्थाले नारायणी नदीको संरक्षणसँगै नदीको सभ्यता कायम राख्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। चितवनको खगेरी बेसिन अन्तर्गत इच्छा कामना गाउँपालिका कालिका नगरपालिका र रत्ननगर नगरपालिका एवं नवलपरासीको केन्द्रीय बेसीन अन्तर्गत कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा संरक्षण र जीविकोपार्जनका कार्यक्रम गरिँदै आएको सहमतिले जनाएको छ ।