श्रीनगर महिला विकास समूहको उद्घोषण तालिम समापन  

२०८२ असार १० मंगलबार १९:११:०० मा प्रकाशित


नवलपरासी पूर्व । महिला दिदिबहिनीहरुको क्षमता विकास गर्ने उद्देश्यले श्रीनगर महिला विकास समूह गैँडाकोट २ ले आयोजना गरेको उद्घोषण तालिम समापन भएको छ । गैँडाकोट २ को द नारायणी रिसोर्टमा ३ दिनसम्म भएको तालिम मंगलबार समापन भएको हो ।  गैँडाकोट नगरपालिका वाड नं. २ का वडा सदस्य सीता श्रेष्ठले सामाजिक कार्यहरुमा अघि बढ्दा बढ्दै बोल्ने बानीको विकास हुने हुँदा महिला दिदिबहिनीहरु सामाजिक कार्यमा लाग्न आग्रह गर्नुभएको छ ।

वडा स्तरीय महिला सञ्जाल गैँडाकोट २ अध्यक्ष पार्वती लम्सालले तीनदिनमा महिला दिदिबहिनीहरुको प्रस्तुतीमा आएको परिवर्तनले खुसी लागेको बताउनुभयो । श्रीनगर टोल विकास संस्थाका अध्यक्ष अच्युत नेपाल, तालिमका प्रशिक्षक श्रीधर उपाध्यायले सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो । श्रीनगर टोल बालक्लबका उपाध्यक्ष रश्मी गौतमले तालिममा बालक्लबका प्रतिनिधिलाई पनि समावेश गराउनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । 


प्रशिक्षार्थी विष्णु सुवेदी र सम्झना शर्माले तालिमबाट आत्मविश्वास र ज्ञान दुबै बढेको र अब जुनसुकै कार्यक्रम सञ्चालनका लागि प्रेरणा मिलेको बताउनुभएको छ ।  श्रीनगर महिला विकास समूहका उपाध्यक्ष विमला गिरिले अतिथिहरुलाई स्वागत गर्दै कृतज्ञता व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समूहका सचिव संगिता रानाभाटले गर्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन भएकोे तालिममा सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्याय र स्वतन्त्र पत्रकार महासंघ नवलपुरका अध्यक्ष सविता तिवारीले प्रशिक्षण दिनुभएको थियो । उद्घोषण तालिमको समुद्घाटन समूहका अध्यक्ष भूमादेवी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।