हुप्सेकोट गाउँपालिकाले सार्वजनिक ग¥यो ५५ करोड १० लाखको बजेट

“सुन्दर, सुखी र उद्यमी हुप्सेकोट” अभियानमा जोड

२०८२ असार ११ बुधबार ११:५७:०० मा प्रकाशित

नवलपरासी पूर्व। नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल ५५ करोड १० लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष पूर्णसिं राना मगरले सत्रैँ गाउँसभाको दोस्रो बैठकमा बजेट प्रस्तुत गर्दै समावेशी, सन्तुलित र उत्पादनमुखी बजेटमार्फत “सुन्दर, सुखी र उद्यमी हुप्सेकोट“ अभियानलाई सार्थकता दिन खोजिएको बताउनु भयो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहकारी, खानेपानी, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको उपाध्यक्ष रानाले जानकारि दिनु भयो ।


प्रस्तुत गरिएको बजेट मध्य सामाजिक विकासमा सबैभन्दा ठूलो हिस्सा अर्थात् २६ करोड ८ लाख १४ हजार विनियोजन गरिएको छ । त्यसैगरी आर्थिक विकासतर्फ २ करोड ८४ लाख ६५ हजार, पूर्वाधार विकासमा १८ करोड २३ लाख, प्रशासन र सुशासनमा ७ करोड ७० लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा २४ लाख ९० हजार छुट्याइएको छ ।
प्रविधिमैत्री र आधुनिक शिक्षाको प्रवद्र्धनसहित न्यून दरबन्दी भएका विद्यालयका स्वयंसेवक शिक्षकलाई भत्ता थप गरिएको छ । “निरोगी हुप्सेकोट“ अभियान अन्तर्गत जनस्वास्थ्य, विशेषज्ञ सेवा र बालमैत्री कार्यक्रमहरूका लागि विशेष बजेट विनियोजन गरिएको छ ।
स्थानीय उत्पादन र कृषिमा यान्त्रीकरणका लागि ५२ लाख ५० हजार, व्यवसायिक पशुपालन र स्वास्थ्य सेवामा ७२ लाख बजेट छुट्याइएको छ । अर्गानिक खेती, मल, बीउ भण्डारण र बजार प्रवद्र्धनमा पनि ध्यान दिइएको उपाध्यक्ष रानाले बताउनु भयो ।
“गाउँपालिकाभित्रको धौवादी क्षेत्रलाई हिल स्टेसनको रूपमा विकास गर्न, हुप्सेकोट चक्रपथ र अन्य सडकहरू स्तरोन्नतीका लागि ठूला आयोजना अघि बढाइएका छन्”,उपाध्यक्ष रानाले बताउनु भयो ।


डिजिटल प्रशासन, सार्वजनिक सुनुवाई, र स्थानीय न्याय सम्पादनको सुधारमा लगानी गरिएको छ । सबै तहमा नागरिकमैत्री, जवाफदेही र पारदर्शी सेवा प्रवाहका कार्यक्रम बजेटमा समावेश छन् ।


बजेटको मुख्य स्रोतहरूमा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान, आन्तरिक राजस्व तथा गत वर्षको मौज्दात रहेको जनाइएको छ । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष राना मगरले बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबैको सक्रिय साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।


हुप्सेकोट गाउँपालिकाको सात्रौँ गाउँसभाको दोस्रो बैठकमा प्रस्तुत आगामि आर्थिक वर्षको विनियोजन विधेयक र आर्थिक विधेयक अगामि असार २७ गते बस्ने तेस्रो बैठममा छलफल गरि पारित गरिने गाउँपालिका अध्यक्ष लक्ष्मीेदेवी पाण्डेले बताउनु भयो ।