गैँडाकोट वडा नम्बर १६ र १७ का जेष्ठ नागरिकलाई स्वास्थ्य सचेतना सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ असार ९ सोमबार १२:१०:०० मा प्रकाशित

नवलपरासी पूर्व । नवलपरासी पूर्व गँैडाकोटमा एकदिने विषय विशेषज्ञ डाक्टरद्वारा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  
अबको आवश्यकता नसर्ने रोगमा योग एवं प्राकृतिक चिकित्सा विषयमा आइतबार गैँडाकोट १६ र १७ का ज्येष्ठ नागरिकलाई अमरज्योति मावी परिसरमा जेष्ठ नागरिक संघ गैँडाकोट नगर समितिको आयोजनामा गैडाकोट वार्ड नम्बर १६ र १७ भित्र रहेका जेष्ठ नागरिकको लागि लक्षित गरी एक दिने विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य सचेतना मूलक अन्तरक्रिया कार्यक्रम भएको हो । स्वास्थ्य सचेतना कार्यक्रममा १५० जना भन्दा बढि जेष्ठ नागरिकको उपस्थिती रहेको थियो ।
प्राकृतिक चिकित्सालय रजहरबाट डाक्टर आजात पुरिले योग र प्राकृतिक उपचारको पद्धतिका बारेमा जानकारी दिनुभयो । 
गैंँडाकोट नगरपालिका वार्ड नम्बर १७ का वडाध्यक्ष गोपी कँडेलले जेष्ठ नागरिक माता पिता भगवान समान भएको बताउनुभयो । । उहाँले जेष्ठ नागरिकका लागि वडा बाट गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले प्रकृतिसँग मानव जोडिनु राम्रो भएको समेत बताउनुभयो 
कार्यक्रममा जेष्ठ नागरिक नगर संघ गैडाकोट नगर समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले नगर संघले गैँडाकोटका १८ वडामध्ये आजसम्म १६ वटा वडामा  कार्यक्रम गरिएको बताउनुभयो । 
कार्यक्रममा निर्वतमान वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोबद्धन ज्ञवाली, जनप्रतिनिधि  देवि अधिकारी, अमरज्योति मावीका निमित्त प्रधानाध्यापक रिता न्यौपानेले  शुभकामना मन्तब्य राख्नुभएको थियो । 
कार्यक्रममा ९० वर्ष उमेर काटेका जेष्ठ नागरिकहरू मध्येबाट कुसुरी जिशी, पशुपति कँडेल, बिष्णु खडका, अक्षरी सापकोटालाई सम्मान समेत गरिएको छ । 
जेष्ठ नागरिकका वडा संघको वडा नम्बर १६ का अध्यक्ष खडानन्द न्युरेको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक संघ गैडाकोट नगर समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले कार्यक्रमको जानकारी गराउँदै स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण जेष्ठ नागरिक वडा संघ १६ नम्बरका सचिव नारायण प्रसाद देवकोटाले गर्नुभएको थियो ।