गैंडाकोट नगरपालिका द्वारा द्वन्द्व प्रभावित महिलाहरूको लागि कानुनी सचेतना

२०८२ असार ३ मंगलबार १६:४२:०० मा प्रकाशित

गैंडाकोट नगरपालिकाले द्वन्द्व प्रभावित महिलाहरूको लागि कानुनी सचेतना कार्यक्रम गरेको छ। सोमबार गैंडाकोट नगरपालिकाको आयोजना र विजय विकास स्रोत केन्द्रको सहयोगमा गैंडाकोट फनपार्कमा सो कार्यक्रम गरिएको हो। महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सँग सम्बन्धित दोस्रो राष्ट्रिय कार्य योजना कार्यान्वयनद्वारा द्वन्द्व प्रभावित महिलाबालिकाको समष्टिगत आवश्यकता पहिचान गरिएका द्वन्द्व प्रभावित महिलाहरूका लागि कानुनी सचेतना कार्यक्रम गरिएको हो। 

कार्यक्रम गैंडाकोट नगरपालिकाका उपप्रमुख एवं आवश्यकता पहिचान उपसमितिका संयोजक नगर उपप्रमुख शान्ति कोइरालाको अध्यक्षतामा भएको थियो। उहाँले कार्यक्रममा बोल्दै द्वन्द्व प्रभावित महिला र बालिकाका लागि नगरपालिकाले विभिन्न काम गर्दै आएको र आगामी दिनमा पनि समष्टिगत पहिचान गरी आवश्यकताका आधारमा गर्न सक्ने काम गर्ने बताउनुभएको छ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदन भक्त अधिकारीले  द्वन्द्व प्रभावित महिला र बालिकाका लागि नगरपालिकाले सक्दो काम गर्ने बताउनुभएको छ।  

गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले नगरपालिकाले द्वन्द प्रभावित महिलाहरूको पहिचान गरी विभिन्न काम गरेको बताउनुभयो । 

सो कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरूलाई कानुनी सचेतना अधिवक्ताहरू प्रज्वल राज ज्ञवाली र डाक्टर आस्था दाहालले दिनुभएको थियो। उहाँहरूले कानुन कानुनमा उल्लेख गरिएका विभिन्न विषयवस्तुमाथि जानकारी गराउँदै द्वन्द प्रभावित महिलाहरूलाई उनीहरूका जिज्ञासा पनि समाधान गरिदिनुभएको थियो।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू कार्यपालिका सदस्य जनप्रतिनिधि त्यस्तै गरेर सामाजिक विकास समितिका संयोजक रत्नप्रसाद सापकोटा जिल्ला समन्वय समिति सदस्य आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम , द स्टोरी किचनका कार्यक्रम व्यवस्थापक मिना बिक लगायतको उपस्थिति रहेको थियो।सो कार्यक्रममा गैंडाकोठ नगरपालिकाका महिला विकास शाखा प्रमुख शान्ति कुमारी लामिछाने पौडेल, नरमाया राना लगायतको उपस्थिति रहेको थियो औपचारिक कार्यक्रमको सहजीकरण भने विजय विकास स्रोत केन्द्रमा कार्यरत नर्मदा पाण्डेले गर्नुभएको थियो।
 

ताजा खबर