अन्तर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा ओपन तर्फ गैडाकोट १४ र भेट्रान्स तर्फ श्रीकृष्ण न्यौपानेकोे टिम प्रथम

गैंडाकोट । गैंडाकोटमा भएको अन्तर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा ओपन तर्फ गैडाकोट वडा नम्बर १४ र भेट्रान्स तर्फ श्रीकृष्ण न्यौपाने र भुपेन सपलंगीको टिमले उपाधि उचालेको छ ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने मूल नाराका साथ गैंडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो ।
प्रतियोगिता अन्र्तगत सोमवार बेलुका भएको फाईनल खेलमा ओपन तर्फ गैडाकोट वडा नम्बर १४ दुर्गेस थापा र समिर योगीको टिम र गैडाकोट वडा नम्बर ४ सागर थापा र सुर्य आचार्यको टिम बिचको प्रतिस्पर्धामा २–१ ले गैडाकोट वडा नम्बर १४ दुर्गेस थापा र समिर योगीको टिम बिजयी हुदै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।तेस्तै गैडाकोट वडा नम्बर ४ सागर थापा र सुर्य आचार्यको टिमले दोस्रो स्थान र गैडाकोट वडा नम्बर ४ बेलबहादुर श्रीषमगर र श्रीकृष्ण न्यौपानेको टिमले तेस्रो स्थान, गैडाकोट वडा नम्बर ४ सुर्या पौडेल र लोक श्रेष्ठको टिमले तेस्रो स्थान हासिल गरेका छन् ।
तेस्तै भेट्रान्स तर्फ श्रीकृष्ण न्यौपाने र भुपेन सपलंगीको टिमले लोक बहादुर आले र सुर्य आचार्यको टिम सँग भएको प्रतिस्पर्धामा २–० ले श्रीकृष्ण न्यौपाने र भुपेन सपलंगीको टिम प्रथम हुन सफल भएको छ । तेस्तै लोक बहादुर आले र सुर्य आचार्यको टिमले दोस्रो स्थान हासिल गरे भने बेलबहादुर श्रीषमगर र दिलीप भुजेलको टिम र नारायण काफ्ले र दिनेश पण्डीतको टिमले तेस्रो स्थान हासिल गरे ।
फाईनल खेल बेष्ट अफ थ्रिमा खेलाइएको थियो । प्रतियोगितामा ओपन तर्फ र भेट्रान्स तर्फ प्रथम, दोस्रो,र २ वटा तेस्रो स्थान हासिल गर्ने टिमले नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो ।
प्रतियोगितामा अध्यक्ष सापकोटाले नगर खेलकुद विकास समितिले अगामि दिनमा ब्याडमिन्टन खेलको लागि पनि आवश्यक बजेट छुट्टाएर काम गर्ने बताउनु भयो । नगर खेलकुदले अगामि दिनमा पालिका स्तरका ,वडा स्तरका खेलहरु खेलाउने छ र यहाँका खेलाडिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सक्ने हुनेछन् सापकोटाले भन्नु भयो ।
प्रतियोगितामा गैडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झपिन्द्र खनालले ब्याडमिन्टन प्रतियोगितामा बिजयी सम्पुर्ण खेलाडिलाई बधाई दिदै गैँडाकोटको खेलकुदको बिकासको लागि युवाहरुलाई नगरपालिकाले हौसला प्रदान गरिरहेको छ र अरु खेलहरुमा पनि जोडिने छौ भन्नु भयो ।
अन्तर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा ओपन तर्फ १८ टिम र भेट्रान्स तर्फ १६ टिमको सहभागिता रहेको प्रतियोगिताको संयोजक एवं नगर खेलकुद विकास समितिका सदस्य रोशन दर्लामी मगरले जानकारी दिनुभयो।
प्रतियोगिताको मुख्य रेफ्रीमा खुशबहादुर गुरुङ रहनु भएको थियो भने राष्ट्रिय रेफ्री बेलबहादुर श्रीष मगर ,भूपेन्द्र वीर थापा, पुरुषोत्तम गौडेल, जिल्ला रेफ्रीहरू, लोकबहादुर श्रेष्ठ र कुशल कंडेल रहनु भएको थियो ।
प्रतियोगितामा गैडाकोट नगरपालिका वडानम्बर ७ का वडा अध्यक्ष होमनाथ सापकोटा, नेकपा एमाले गैडाकोट नगरकमिटि अध्यक्ष कृष्ण कंडेल ,नगर ब्याडमिन्टन क्लबका सचिव राजेश श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
प्रतियोगिता गैडाकोट वडा नम्बर १ मा रहेको प्राप्तीका कबर्डहलमा भएको हो । कबर्डहललाइ अहिले मौलाकालिका ब्याडमिन्टन क्लबले चलाइरहेको छ ।
नगर खेलकुद विकास समितिका सदस्य रोशन दर्लामी मगरले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सहजिकरण गैडाकोट नगरपालिका वडा नम्बर ४ का जन प्रतिनिधि हरि पौडेलले गर्नुभएको थियो ।