गैंडाकोटमा माता मंगलादेवीको वैदिक बिधि बिधान अनुसार पुजा गरियो 

२०८२ असार ३ मंगलबार १५:५५:०० मा प्रकाशित

गैंडाकोट । नवलपरासी पूर्व गैंडाकोटमा माता मंगलादेवीको वैदिक बिधि बिधान अनुसार पुजा  गरिएको छ ।
मंगलवार गैंडाकोट वडा नम्बर ७ शितलनगर गैरीमा रहेको श्री हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रममा माता मंगलादेवीको वैदिक बिधि बिधान अनुसार पुजा तथा धार्मिक गतिविधि सहितको कार्यक्रम भएको छ । पुजाका लागि स्थानिय तथा छिमेकि जिल्ला बाट पनि भत्तजनहरुको आगमन भएको थियो । 


हरिहर मन्दिरको परिसरमा स्थापित माता मंगलादेवीका केहि शिलाहरु छन् । धेरै बर्ष पहिले यहाँका स्थानिय आदिवासिको भनाई अनुसार उहाँहरुले समयमा बर्षा होस,प्रकृतिले साथ दिओस भन्ने हिसावले माता मंगलादेवी भनेर मंगलवारका दिन यिनै शिलाहरु पुजा गर्नु हुन्थीयो र पुजा गरिसके पछि समयमा बर्षा हुने, प्रकृतिले पनि साथ दिने जन बिश्वास रहेकोले पुजा गरिएको मन्दिरका सह सचीव भानु सापकोटाले जानकारी दिनु भयो ।


पछिल्लो समयमा मन्दिरले विभिन्न धार्मीक कार्यहरु गरि चर्चा कमाइरहेको छ । धार्मिक सामाजिक जागरण र विश्व शान्तिको कामना गर्दै हरेक हप्ताको सोमबार मन्दिर परिसरमा सामूहिक सन्ध्या आरति समेत हुँदै आएको छ जसमा स्वदेश देखि बिदेश सम्म छरिएर रहेका स्थानियको उल्लेखनीय सहयोग भएको छ ।


धार्मिक पर्यटनको रूपमा विकास गर्नका लागि हरिहर मन्दिर पमानन्द सन्यास आश्रमले विभिन्न चाड ,पर्व ,मेला र उत्सवहरुमा फरक फरक किसिमका कार्यक्रम गर्दै आईरहेको छ ।
हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम गैंडाकोट ७ मा नेपालकै ठूलो परमेश्वर महाशिब लिङ र नर्मदेश्वर नदिका १०८ शिबलिङगहरु स्थापित छन ।

 

ताजा खबर