गैंडाकोटमा प्रथम गैडाकोट अन्तर बिद्यालय छात्र/छात्रा बक्सिङ प्रतियोगिता शुरु

गैंडाकोट । नवलपरासी पूर्व गैंडाकोटमा प्रथम गैडाकोट अन्तर बिद्यालय छात्र/छात्रा बक्सिङ प्रतियोगिता शुरु भएको छ ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने मूल नाराका साथ गैंडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा मंगलवार देखि गैडाकोट बहुउद्देश्य कवर्डहल गैडाकोट ४ मा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै गैडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झपिन्द्र खनालले नगर खेलकुद विकास समिति गठन गरेपछि हामिले पालिकामा धेरै बिधामा खेलकुद सञ्चालन गरेका छौ र अगामि दिनमा गैडाकोट नगरपालिकालाई खेलकुदको हबको रुपमा बिकास गर्ने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत खनालले हाम्रा खेलाडिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सक्षम बनेर ब्यवसायिक रुपमा खेल खेल्नको लागि प्रोत्साहन गर्ने गरि नगरपालिका अगाडि बढ्ने बताउनु भयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले नगर खेलकुद विकास समितिले अगामि दिनमा बक्सिङ खेलको लागि पनि आवश्यक बजेट छुट्टाएर काम गर्ने बताउनु भयो ।नगर खेलकुदले अगामि दिनमा पालिका स्तरका ,वडा स्तरका खेलहरु खेलाउने छ र यहाँका खेलाडिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सक्ने बनाउने सापकोटाले भन्नु भयो ।
प्रतियोगितामा अन्तर बिद्यालय छात्र/छात्रा बक्सिङ प्रतियोगितामा गैडाकोट नगरपालिका भित्रका बिद्यालय बाट ८४ जनाको सहभागिता रहेको नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो। उपाध्यक्ष लक्ष्मण कार्कीले लोकतन्त्र पछि यस्तो किसिमको बक्सिड्ड प्रतियोगिता गण्डकी प्रदेशमै पहिलो भएको बताउनु भयो ।
गैडाकोट नगर बक्सिङ संघ,नवलपुर जिल्ला बक्सिङ संघ र नेपाल बक्सिङ महासंघको समन्वयनमा भएको प्रतियोगितामा गैडाकोट खेलकुद समिति सह आयोजकको रुपमा रहेको छ ।
नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सहजिकरण नगर खेलकुद विकास समितिका सदस्य रोशन दर्लामी मगरले गर्नु भएको थियो ।