अन्तर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाइनल समिकरण पुरा / फाइनल खेल आज साँझ हुने

२०८२ असार २ सोमबार १५:२३:०० मा प्रकाशित

गैंडाकोट । नवलपरासी पूर्व गैंडाकोटमा जारी अन्तर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण पुरा भएको छ   ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने मूल नाराका साथ गैंडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगिता अन्र्तगत आज बिहान भएको खेलमा ओपन तर्फ गैडाकोट वडा नम्बर ४ ले वडा नम्बर ४ लाइ हराएर फाइनल प्रबेश गरेको हो भने र वडा नम्बर १४ ले वडा नम्बर ४ लाइ हराएर फाइनल प्रबेश गरेको छ ।तेस्तै भेट्रान्स तर्फ लोक बहादुर आले र सुर्य आचार्यको टिमले बेलबहादुर श्रीषमगर र दिलीप भुजेलको टिमलाई हराएर फाइनल प्रबेश गरेका छन् भने श्रीकृष्ण न्यौपाने र भुपेन थापाको टिमले नारायण काफ्ले र दिनेश पण्डीतको टिमलाई हराएर फाइनल प्रबेश गरेका हुन् । 
आज बेलुका हुने फाईनल खेलमा ओपन तर्फ गैडाकोट वडा नम्बर ४ र गैडाकोट वडा नम्बर १४ बिच प्रतिस्पर्धा हुनेछ भने भेट्रान्स तर्फ लोक बहादुर आले र सुर्य आचार्यको टिमले श्रीकृष्ण न्यौपाने र भुपेन थापाको टिम सँग प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो ।


अन्तर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा ओपन तर्फ १८ टिम र भेट्रान्स तर्फ १६ टिमको सहभागिता रहेको प्रतियोगिताको संयोजक एवं नगर खेलकुद विकास समितिका सदस्य रोशन दर्लामी मगरले जानकारी दिनुभयो। प्रतियोगिता गैडाकोट वडा नम्बर १ मा रहेको प्राप्तीका कबर्डहलमा भइरहेको छ । कबर्डहललाइ अहिले मौलाकालिका ब्याडमिन्टन क्लबले भाडमा लिएर चलाइरहेको छ । 


प्रतियोगिताको मुख्य रेफ्रीमा खुशबहादुर गुरुङ रहनु भएको छ भने राष्ट्रिय रेफ्री बेलबहादुर श्रीष मगर ,भूपेन्द्र वीर थापा, पुरुषोत्तम गौडेल, जिल्ला रेफ्रीहरू, लोकबहादुर श्रेष्ठ र कुशल गौडेल रहनु भएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५००० ,दोस्रो हुने टिमलाई नगद रु ३००० र तेस्रो हुने टिमलाई नगद रु २००० सहित बिजेताले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।