गैँडाकोट वडा नम्बर ४ का जेष्ठ नागरिकलाई स्वास्थ्य सचेतना सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम

नवलपरासी पूर्व । नवलपरासी पूर्व गँैडाकोटमा एकदिने विषय विशेषज्ञ डाक्टरद्वारा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अबको आवश्यकता नसर्ने रोगमा योग एवं प्राकृतिक चिकित्सा विषयमा आइतबार गैँडाकोट ४ सिद्धि विनायक गणेश पाञ्चायन मन्दिर सभाहलमा जेष्ठ नागरिक संघ गैँडाकोट नगर समितिको आयोजनामा गैडाकोट वार्ड नम्बर ४ भित्र रहेका जेष्ठ नागरिकको लागि लक्षित गरी एक दिने विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य सचेतना मूलक अन्तरक्रिया कार्यक्रम भएको हो । स्वास्थ्य सचेतना कार्यक्रममा १२५ जना भन्दा बढि जेष्ठ नागरिकको उपस्थिती रहेको थियो ।
प्राकृतिक चिकित्सालय रजहरबाट डाक्टर आजात पुरिले योग र प्राकृतिक उपचारको पद्धतिका बारेमा जानकारी दिनुभयो ।
गैंँडाकोट नगरपालिका वार्ड नम्बर ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेले ज्ञान र सिप बोकेका जेष्ठ नागरिक समाजका मार्गदर्शक भएकाले सबैले आदर सम्मान र उचित हेरचाह गर्नु कर्तव्य भएको बताउनुभयो । उहाँले जेष्ठ नागरिकका लागि वडा बाट गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक नगर संघ गैडाकोट नगर समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले नगर संघले गैँडाकोटका १८ वडामध्ये आजसम्म १४ वटा वडामा यस्तै कार्यक्रम गर्दै आएको र अबका दिनमा बाकि वडामा पुग्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य शान्ता घर्ती, वडा सदस्य इन्द्रकला घिमिरे (इन्दु), हरि पौडेल, महिला तथा बालबालिका शाखा गैँडाकोटका नरमाया राना, मधुमाया रानाभाट, ज्येष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष डिल्लीप्रसाद सिग्देल, ज्येष्ठ नागरिक संघ जिल्ला सचिव चुडामणि शर्मा, समाजसेवी क्याप्टेन डा. नारायण गौतम, ज्येष्ठ नागरिक संघ नगर सल्लाहकार टोलनाथ घिमिरे, नगर सदस्य लिलाधर पोख्रेलले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा ९० वर्ष उमेर काटेका जेष्ठ नागरिकहरू मध्येबाट टेकनाथ घिमिरे, मोदनाथ वाग्ले, पदम बहादुर थापा क्षेत्री, रत्नकली सापकोटा, रेवती घिमिरे, तिलकुमारी घिमिरे, डण्डपानी न्यौपाने, नारायणदत्त तिवारीलाई सम्मान समेत गरिएको छ ।
जेष्ठ नागरिकका वडा संघको अध्यक्ष नारायणप्रसाद पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक संघ गैडाकोट नगर समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले कार्यक्रमको जानकारी गराउँदै स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण जेष्ठ नागरिक वडा संघ उपाध्यक्ष पदमराज काफ्लेले गर्नुभएको थियो ।