गैँडाकोटमा नेपाली विषयको कार्यशाला सम्पन्न

नवलपुर । गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र नेपाली विषय विषयगत समूहको आयोजनामा गैँडाकोट नगरपालिकाको सभाहलमा संचालित दुई दिने तालिम तथा प्रश्नपत्र निर्माण कार्यशाला शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा अधिकृत रामप्रसाद अधिकारीले दुई दिनको बसाईँमा सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।
माध्यमिक, आधारभूत तहका नेपाली शिक्षकहरु सहभागी रहेको सो कार्यशालामा नेपाली विषयको विशिष्टीकरण तालिकाको प्रयोग गरी प्रश्नपत्र निर्माण गरी प्रश्नपत्रमा समिक्षा गरिएको थियो ।
तालिमको सहजीकरण नेपाली विषय विज्ञ तथा प्रशिक्षक हेरम्ब कुमार श्रेष्ठले गर्नुभएको थियो । नेपाली विषय समूह सदस्य लीला ढुङ्गानाले सञ्चालन गर्नुभएको सो कार्यक्रम नेपाली विषय संयोजक तिलक बटालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।