गैंडाकोट वडा नम्बर ८ को बालसञ्जालको अध्यक्षमा मधुसुदन तिवारी चयन

गैंडाकोट । नवलपरासी पूर्व गैंडाकोट नगरपालिका वडा नं ८ मा शनिबार सम्पन्न बाल भेलाले वडा बाल सञ्जाल गठन गरेको छ ।
बिजय बिकास श्रोत केन्द्रको सभाहलमा भएको बालबालिकाहरुको भेलाले मधुसुदन तिवारीको अध्यक्षतामा वडा नं ८ को वडा बाल सञ्जालको नयाँ कार्यसमिति पुर्न गठन गरेको छ । समितिको उपाध्यक्षमा निश्चल न्यौपाने,सचिवमा अकिंत शर्मा, कोषाध्यक्षमा विभूति सापकोटा र सहसचिवमा अनुज्ञा शाही ठकुरी चयन हुनु भएको हो । त्यस्तै सदस्यहरूमा बिनुमा सुवेदी, शब्दी अधिकारी, सान्भी गिरी, समृद्धि चापागाइर्, समृद्धि ढुङ्गाना, निश्चल कुमाल, सरस्वती दर्र्जी, किस्मत बानिया, सृजन सिग्देल, परित्रणा पौडेल, प्रयुप्स पौडेल, क्रिस्टिना कुँवर, नाम्गेल तामाङ र संसार सापकोटा रहनुभएको छ।
यस्तै गरेर सल्लाहकार संयोजकमा गैडाकोट ८ का वडा सदस्य खगेश्वर सापकोटा, सल्लाहकार सदस्यमा प्रस्तुति ज्ञवाली रहनुभएको छ ।
कार्यक्रममा गैडाकोट ८ का वडाध्यक्ष प्रेम सापकोटाले वडालाई बालमैत्री वडा घोषणाको चरणमा रहेकाले बाल क्लबहरुको भूमिका महत्वपुर्ण रहने बताउनु भयो । “बालमैत्री वडा घोषणाका सबै मापदण्ड पूरा गर्न बालबालिकाको सशक्त सहभागिता अनिवार्य छ,“वडाले बालबालिकाको सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै सबै सरोकारवालाबीच सहकार्य जरुरी रहेको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।
११ वटा टोल बिकास सस्थाहरु रहेको वडामा टोल स्तरीय बाल सञ्जालमा रहेका र वडामा रहेका २ वटा बिद्यालयमा अध्ययनरत बालबालिकालाई समेटेर वडा बाल सञ्जालको नयाँ कार्यसमिति पुर्न गठन गरीएको हो । कार्यक्रमलाई गैडाकोट नगरपालिका वार्ड नं ८ को सहयोग रहेको थियो ।
कार्यक्रममा वडा नम्बर ८ का जनप्रतिनिधि खगेश्वर सापकोटा, कमला आचार्य ,तर्कबहादुर थापा ,सुशिला परियार, वडा सचिव रमेश आचार्य, टोल सन्जाल अध्यक्ष शशीधर न्यौपाने ,नगर बालसञ्जाल अध्यक्ष संसार सापकोटा, लगायत बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
गैंडाकोट वार्ड नं ८ वडा बाल सञ्जाल अध्यक्ष गरिमा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम वडा बाल सञ्जाल कोषाध्यक्ष निश्चल न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको थियो ।कार्यक्रमको सहजिकरण सचिव प्रस्तुती ज्ञवालीले गर्नुभएको थियो ।