हनुमान मन्दिर गैडाकोटमा लिलाधार कंडेलको अध्यक्षतामा नयाँ  कार्यसमिति गठन 

२०८२ बैशाख २३ मंगलबार ०७:५१:०० मा प्रकाशित

गैँडाकोट । हनुमान मन्दिरको १२ औँ साधारण सभाले लिलाधार कंडेलको अध्यक्षतामा नयाँ  कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रेमबहादुर कुमाल अकेला, सचिवमा उमाकुमारी पाण्डे, कोषाध्यक्षमा सिर्जना पोडेल अर्याल, सहसचिवमा सहदेव पाठक , सह कोषध्यक्षमा होमप्रसाद सापकोटा चयन हुनुभएको छ ।

तेस्तै सदस्यहरुमा भवानी शंकर कंडेल, खगेश्वर उपाध्याय, गुमाकुमारी वन, नन्दकली सापकोटा(हिरादेवी), शोभा  पाठक चयन हुनुभएको छ ।

त्यसैगरी लेखा समिति संयोजकमा नारायणप्रसाद भट्टराई चयन हुनुभएको छ ।तेस्तै सदस्यमा  टंकप्रसाद सापकोटा  र पार्वती सापकोटा चयन हुनुभएको छ । सर्बसम्मत रुपमा  हनुमान मन्दिर समिति (चक्रघाट)को नयाँ सञ्चालक समिति चयन गरिएको  निर्वाचन समिति संयोजक गंगाबहादुर पाण्डेले जानकारि दिनुभयो ।