पर्वत गैँडाकोट सम्पर्क समाजद्वारा भित्तेपात्रो विमोचन 

२०८१ चैत २८ शुक्रबार १७:३९:०० मा प्रकाशित

 गैँडाकोट । पर्वत गैँडाकोट सम्पर्क समाजले भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ । नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै भित्तेपात्रो विमोचन गरेको छ । गैंडाकोट ५ स्थित जनक नमुना माविको प्राङ्गणमा उक्त कार्यक्रम भएको हो । 


पर्वत गैँडाकोट सम्पर्क समाजका अध्यक्ष प्रेमकुमार शर्मा पौडेलले पर्वत र गैँडाकोटलाई जोड्ने पुलका रुपमा पर्वत गैँडाकोट सम्पर्क समाज रहेको बताउनुभयो । 


कार्यक्रममा नगर प्रमुख मदनभक्त अधिकारीले समाजमा सबै स्थानका रहेको र एक भएर नगरको विकासमा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । 


सो कार्यक्रममा जनक नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद सापकोटा, प्रधानाध्यापक चुणामणि शर्मा कँडेल, सहायक प्रधानाध्यापक नारायण प्रसाद तिमिल्सना लगायतको उपस्थिती रहेको थियो । 


कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिहरूले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्दै समाजका आगामी गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।