प्रधानमन्त्री ओलिद्वारा नारायणगढ बुटवल सडकखण्डको गैँडाकोट क्षेत्रको निरिक्षण
बिशेष प्रबन्धका साथ सडक निर्माणको कामले गति लिने भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ बुटवल सडकखण्डको गैँडाकोट क्षेत्रको निरिक्षण गर्नुभएको छ । निरिक्षण गरेसँगै उहाँले कामले तिब्रता पाउने र चाडै सम्पन्न हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले बिशेष प्रबन्धका साथ सडक निर्माणको कामले गति लिने पनि बताउनुभयो
नारायणगढ बुटवल सडकखण्ड अन्र्तगत १ सय १४ किलोमिटर सडकको स्तरोन्नती भइरहेको छ । अहिले ६३ प्रतिशत भौतिक प्रगती भएको नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सुचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका काम समयमा नै नसकिँदा सर्वसाधारणले विगत ४ वर्षदेखि समस्या झेल्दै आएका छन् । अहिले भने सडक विस्तारको कामले निकै गति लिँदा दाउन्ने बाहेकको क्षेत्रमा यात्रा सहज हुँदै गएको छ । दाउन्ने क्षेत्रको १४ किलोमिटर क्षेत्रमा ३ लेन बनाउने गरी काम अगाडी बढेको छ । ठेकेदार कम्पनी चाइना कन्स्ट्रक्सन प्रालिले दुवै खण्ड १६ अर्ब ९९ करोड रुपैयाँमा सडक विस्तार गर्ने गरी ठेक्का पाएको थियो ।