मुकुन्दसेन बोर्डिङले गर्यो मुकुन्दसेन म्युजिक स्टार र डान्स स्टार प्रतियोगिता

नवलपुर । मुकुन्दसेन इङलिस बोर्डिङ स्कुलले मुकुन्दसेन म्युजिक स्टार र डान्स स्टार प्रतियोगिता सम्पन्न गरेको छ । पहिलो सिजनको म्युजिक स्टारमा प्रिन्सा थापा विजेता हुनुभएको छ । यस्तै, दिप्सन बराली व्याण्डले फस्ट रनरअपको स्थान हासिल गरेको छ । डान्स स्टारमा स्मारिका मगर विजेता बन्नुभयो भने फस्ट रनरअपको स्थान एरिका कँडेलले प्राप्त गर्नुभयो । सो प्रतियोगिता मंसिरदेखि सुरु भएको थियो भने फाइनल अडिसन हिजो (बिहिबार) भएको थियो ।
विजेता र फस्ट रनरअपलाई ट्रफि, मेडल र सम्मान पत्र प्रदान गरिएको विद्यालयका प्रिन्सीपल राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले विद्यालयले विद्यार्थीकोे आन्तरिक प्रतिभा उजागर गर्न विद्यालयमा विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो ।
यसैबिच, हिजो विद्यालयले २०८१ सालको बार्षिक परीक्षाको नतिजा प्रकाशित गरेको छ भने विभिन्न विधामा विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
प्याब्सन केन्द्रिय सदस्य एवं बालविकासका प्राचार्य दिपक राउतले प्राविधिक मैत्री वातावरणमा पठन पाठन अगाडी बढाएको र आगामी दिनमा पनि यसैगरी अगाडी बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द कोइरालाको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गुरुप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य यमकला पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य तथा सहायक प्राचार्य चुन्न पौड्यालले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण चुडामणि पौडेलले गर्नुभएको थियो ।