जयश्री सामुदायिक वनद्धारा सिलाई कटाइ तालिम समापन एबम् विपन्न उपभोक्तालाई स्वास्थ्य विमा कार्ड वितरण

२०८१ चैत २८ शुक्रबार १७:२८:०० मा प्रकाशित

गैँडाकोट । जयश्री सामुदायिक वन उपभोक्ता समुहले आधारभुत तथा स्पेशल सिलाई कटाई तालिम सम्पन्न गरेको छ भने विपन्न उपभोक्ताका लागि स्वास्थ्य विमा कार्ड वितरण गरेको छ ।

शुक्रबार वन कार्यालयको परिसरमा महिला सशक्तिकरणका लागि विपन्न उपभोक्ता कोषबाट १७ जना महिला दिदिबैनीले ६ महिना आधारभुत तथा स्पेशल सिलाई कटाई तालिम लिनुभएको थियो । गत बर्ष र यस बर्ष गरी ३-३ महिना तालिम लिनुभएको सिलाइ कटाई तालिम संयोजक एंव वन समुहका कोषाध्यक्ष पार्वती ढकालले बताउनुभयो । उहाँहरुलाई तालिमसँगै सिलाउने कपडा पनि वनले नै उपलब्ध गराएको थियो । सिलाई तालिम पूर्ण रुपमा लिइसकेपछि खुसी भएका उनीहरुले व्यवसायिक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएको ढकालले बताउनुभयो । 

 

तालिममा गैँडाकोट नगरपालिका वडा नम्बर १, ३, ४, ५, र ८ का १७ दिदिबहिनीहरु सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकको रुपमा कल्पना थापा अधिकारी रहनुभएको थियो । सामुदायिक वनले वनको आम्दानीमध्ये ३५ प्रतिशत महिला र गरिब, विपन्न समुदायमा लगानी गर्नुपर्ने हुन्छ । सोही कार्यक्रम अन्तर्गत रहेर सिलाई कटाई तालिमको आयोजना गरेको वनका अध्यक्ष भिमबहादुर कुमालले जानकारी दिनुभयो । यसले विपन्न बस्तीलाईमाथी उठाउन मद्दत मिल्ने उहाँको विश्वास छ । साथै उहाँले स्वास्थ्य विमाले उपचारमा पनि सहज हुने बताउनुभएको छ ।  

 

कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्तकेशव अधिकारीले वनले काठ, दाउरा, स्याउलासँगै जीविकोपार्जनका लागि सिप सिकाउने तालिम दिएर उपभोक्तालार्ई आत्मनिर्भर बनाउनु राम्रो पक्ष भएको बताउनुभयो । उहाँले वनले ३५ सय बराबरको नभएर स्वास्थ्य विमा गराएर प्रति परिवार १ लाख बराबरको सहयोग गरेको पनि बताउनुभएको छ । 

 

स्वास्थ्य विमा संयोजक एवंम वन समुहका सचिव टेकबहादुर आलेले २३ जना विपन्न उपभोक्तालाई स्वास्थ्य विमा कार्ड उपलब्ध गराएको बताउनुभयो । यसले सहज स्वास्थ्य उपचारमा टेवा पुग्ने उहाँको विश्वास छ । 


कार्यक्रममा सब डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख दुर्गादत्त कँडेल, सल्लाहकार सदस्य कमलप्रसाद पराजुली, बिष्णुप्रसाद सापकोटा, राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष पार्वती सापकोटा, नारायणी सामुदायिक वनका अध्यक्ष नेत्रप्रसाद सापकोटा, ऋषिराम घिमिरे, प्रशिक्षार्थी मिना नेपाली लगायतले जयश्री सामुदायिक वनले उपभोक्ता मैत्री बनेर सिप विकास र स्वास्थ्य विमा कार्ड वितरणका कामसँगै वन संरक्षण र पर्यापर्यटन विकासमा टेवा पु¥याएको बताएका थिए । 


सामुदायिक वनहरूले विपन्न र गरिबीको क्षेत्रमा लगानी गर्नुपर्ने प्रवधान रहेको छ । स्थानीय सरकारहरूले पनि यी क्षेत्रमा विभिन्न योजना र कार्यक्रम संचालन गर्छन । एकै स्थानमा गरिने एकै प्रकृतिका कार्यक्रममा वन र स्थानीय सरकार मिलेर अगाडी बढ्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । 


कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, समाजसेवी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । वनका सचिव टेकबहादुर आलेले सञ्चालन गर्नुभएको कार्यक्रममा वनका उपाध्यक्ष ढाका सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।