सुम्निमा ग्रामिणको ३१ औँ जन्म जयन्तीको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

२०८१ चैत १२ बुधबार १९:४६:०० मा प्रकाशित

गैँडाकोट  सुम्निमा ग्रामिण वचत तथा ऋण सहकारी संस्थाको ३१ औं जन्म जयन्तीको अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित छात्रवृत्ति प्रदान गरिएकाे छ । संस्थाको छात्रवृत्ति कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको संस्थाका सह व्यवस्थापक गुरुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

संस्थाले गैंडाकोट वडा नं २ मा अवस्थित महेन्द्र स्मारक आधारभूत विद्यालयमा कार्यक्रम गरी विद्यार्थी एगेन्द्र हमाल र जेनिसा परियारलाई शैक्षिक सामग्री प्रदान गरेको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष श्रीनिवास पौडेल, सल्लाहकार गोविन्द पौडेल, सचिव लालमणि पौडेल, सदस्य गणेश उपाध्याय र भागवत अर्याल, महेन्द्र स्मारक आधारभूत विद्यालयका अध्यक्ष हरिराम सापकोटा, विद्यालयका प्रधानाध्यापक शिवराज काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

 

संस्थाले गैँडाकोट १ मा अवस्थित नवदुर्गा आधारभूत विद्यालयमा कार्यक्रम गरी विद्यार्थी सुनिता कुमाल र रौकी कुमाललाई शैक्षिक सामग्री प्रदान गरेको छ । कार्यक्रममा संस्थाका पदाधिकारी ,सल्लाहकार,कर्मचारी, नवदुर्गा आधारभूत विद्यालयका अध्यक्ष ठाकुरप्रसाद सापकोटा, विद्यालयका प्रधानाध्यापक यमकुमारी शर्मा, लगायतको उपस्थिति रहेको थियो । संस्थाले कावासोती १३ मा अवस्थित कालिका आधारभूत विद्यालयमा कार्यक्रम गरी विद्यार्थी सम्राठ ठाडा मगर र टिकामाया वि.कलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष वेदप्रसाद न्यौपाने ,सदस्य रामचन्द्र लामिछाने, कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक राधा बस्ताकोटी, संस्थाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । संस्थाको ३१औँ जन्म जयन्तीको पावन अवसरमा बुधबार साँझ संस्थाको मुख्य कार्यालय गैँडाकोट र सेवा केन्द्र कावासोतीमा दिपावलीको कार्यक्रम रहेको सह व्यवस्थापक गुरुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।