नेपाल पत्रकार महासंघ नवलपुर शाखाद्वारा प्रेस आक्रमणको विरोध

२०८१ चैत १५ शनिबार १८:५३:०० मा प्रकाशित

कावासोति । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले काठमाडौँमा भएको आन्दोलनमा समाचार संकलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा ¥याली गरेको छ । हिजो भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।

उक्त घटनाको विरोधस्वरुप आज बिहान पत्रकार महासंघ नवलपुर शाखाले कावासोती फलफुल चोकदेखि इन्द्रचोक र  इन्द्रचोकदेखि पुनह फलफुल चोकसम्म विरोध स्वरुप नारा जुलुस गरेको हो । प्रेस स्वतन्त्रताको रक्षा गर्, सुरक्षाको ग्यारेन्टी गर, सञ्चार माध्यममाथिको आक्रमण बन्दर गर लगायतका नारा सहित विरोध ¥याली गरेको थियो ।
 
नेपाल पत्रकार महासंघ नवलपुर अध्यक्ष श्रीराम सिग्देलले सञ्चारकर्मीले काम गर्दागर्दै ज्यान गुमाउनु पर्ने अवस्था आउनु दुखद भएको भन्दै सुरक्षा र प्रेस स्वतन्त्राको जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको छ । उहाँले हिजो समाचार संकलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध गर्नुभएको छ । जिल्लाभरिका पत्रकारको बिरोध ¥यालीमा उपस्थिती रहेको थियो ।