वे ग्रुप नेपाल नवलपुरको शनिबार गैँडाकोट १ मा सरसफाई, जलुकेले गर्यो सहयोग 

२०८१ चैत १५ शनिबार १६:२७:०० मा प्रकाशित

गैँडाकोट । वे ग्रुप नेपाल नवलपुरले शनिबार गैँडाकोट १ मा सरसफाई गरेको छ । हप्ताको एक दिन एकछिन समाजको लागि भन्ने मूल नाराका साथ प्रत्येक शनिबार वे ग्रुप नेपाल नवलपुरले सामाजिक कार्य तथा वातावरण सरसफाई अभियान गर्दै आएको छ । यसै सिलसिलामा गैँडाकोट १ मा रहेको जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको परिसरदेखि मौलाकालि मन्दिरको गेटसम्म सरसफाई गरेको हो ।

गैंडाकोट १ जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विशेष सहयोगमा खानेपानी अफिस परिसरमा बृहत सरसफाई अभियान गरिएको वे ग्रुप नेपाल नवलपुरले जनाएको छ । 


गैंडाकोट वडा नम्बर १ वडाध्यक्ष सुरेन्द्र रेग्मीले पनि मन्तव्य राख्दै आगामी दिनमा संस्थालाई साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। सरसफाइमा युवाको सहभागिताले उत्साहित बनाएको उहाँको भनाई छ ।

बृहत सरसफाई अभियान तथा बढ्दै गएको गर्मियाममा हुनसक्ने सर्प सम्बन्धी सचेतना कार्यक्रममा सर्प संरक्षक यमलाल भण्डारीले सर्तक रहन आग्रह गर्दै वातावरण, पर्यावरण र मानिसका लागि पनि सर्प आवश्यक भएको बताउनुभयो । उहाँले घरवरिपरि सफा गर्न झुल लगाएर सुत्न, विस्तारा र केही सामान हेरेर मात्र प्रयोग गर्न पनि सुझाव दिनुभएको छ ।

जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जगन्नाथ पौडेलले खानेपानी संस्था सँगै सरसफाई पनि जोडिएको र पानी सफा हुने र गराउने पर्यावाची भएको भन्दै सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने बताउनुभयो ।

जलुके खानेपानी गैंडाकोटका सचिव शालिकराम आचार्यले डस्टविन १२ पिस, वेल्चा ३ पिस, माक्स २ बट्टा, ग्लब्स २ बट्टा, बोरा २० पिस, कैची २ पीस लगायतका आवश्यक सामग्रीहरू हस्तान्तरण गरी सहयोग गरेको जानकारी दिनुभयो । 


कार्यक्रमको समापन वे ग्रुप नेपाल नवलपुरका अध्यक्ष अमृत पौडेलले गर्नुभएको थियो भने आजको कार्यक्रमका समन्वय तथा सहजीकरण वे ग्रुप नेपाल नवलपुरका उपाध्यक्ष प्रकाश अधिकारीले गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन वे ग्रुप नेपालका उपाध्यक्ष हरिप्रसाद न्यौपानेले गर्नुभएको थियो ।

वे ग्रुप नेपाल केन्द्रीय अध्यक्ष लगायत टिम, स्थानीय टोल विकास संस्था, स्थानीय टोलबासी, स्थानीय जनप्रतिनिधि, मौलाकाली सामुदायिक वन,इलाका प्रहरी कार्यालय गैडाकोट, सामुदायिक प्रहरी ,ट्राफिक प्रहरी, गैडाकोट नगरपालिका नगर प्रहरी टिम र स्थानीय संघसंस्था लगायत वातावरण प्रेमी अभियान्ताहरूको साथमा सरसफाई गरिएको थियो।