विश्व क्षयरोग दिवसको अवसरमा गैँडाकोट ५ मा सचेतना कार्यक्रम 

२०८१ चैत १२ बुधबार १९:१४:०० मा प्रकाशित

गैँडाकोट । विश्व क्षयरोग दिवसको अवसरमा सोमबार गैँडाकोट ५ मा सचेतना ¥याली निकालिएको छ । गैँडाकोट ५ का १९ टोल समूहको सक्रियतामा ¥याली तथा सचेतना कार्यक्रम गरिएको हो । 


गैँडाकोट ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले जनचेतना जगाउन ¥याली र सचेतना कार्यक्रम गरिएको बताउनुभयो । उहाँले सबै नागरिकले आफुमा समस्या देखिएमा आधारभुत अस्पतालमा चिकित्सकिय सेवा सहितको सुबिधा रहेकाले चेकजाचँ गराउन आग्रह गर्नुभयो । उहाँले रोग नलुकाइ समयमै उपचार गर्न पनि सुझाव दिनुभयो । 


यस्तै क्षयरोग मुक्त अभियानका संयोजक नारायण सापकोटाले गैँडाकोट नगरपालिकामा गत आर्थिक बर्षमा १ सय १६ जनामा क्षयरोग देखिएको र यस आर्थिक बर्षको हालसम्ममा ६० जना क्षयरोगीको पहिचान भएको बताउनुभयो । 
टोल विकास संस्था समन्वय समिति सदस्य विष्णुप्रसाद गौतमले क्षयरोग निर्मुल गर्ने अभियानमा सबै लागेर अगाडी बढेको उहाँले बताउनुभयो । 


यस्तै क्षयरोग विश्वभर फैलिएको संक्रामक रोग हो ।  करीब दसमा एक निष्कृय क्षयरोग बिस्तारै बढ्दै गएर सकृय हुन सक्छ। यदि समयमै उपचार नभएमा यसरी संक्रमित ५० प्रतिशत रोगीको क्षयरोगका कारणले मृत्यु हुन्छ।