नन्दन सामुदायिक वनद्वारा विपन्न उपभोक्तालाई स्वास्थ्य विमा तथा विद्युतिय चुल्हो वितरण

गैँडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समुहले विपन्न उपभोक्तालाई स्वास्थ्य विमा तथा वैकल्पिक उर्जा प्रोत्साहन स्वरुप विद्युतिय चुल्हो वितरण गरेको छ ।
आज समूहको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि ५३ जना विपन्न उपभोक्तालाई स्वास्थ्य विमा तथा ११ जना उपभोक्तालाई वैकल्पिक उर्जा प्रोत्साहन स्वरुप विद्युतिय चुल्हो वितरण गरेको वनका अध्यक्ष हरिमाया अधिकारीले जानकारी दिनुभयो । उहाँले दाउराको आवश्यकता नपरोस र विरामी हुँदा सहज स्वास्थ्य सेवा प्राप्तीका लागि यो काम गरेको बताउनुभयो । उपभोक्ताको सहजताका लागि नन्दन वनले सदैव काम गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै डिभीजन वन कार्यालय नवलपुरका प्रमुख बसन्त केशव अधिकारीले वनमा डडेलो नलगाउने र बचाउनेलाई पुरस्कृत गरिने बताउनुभएको छ । वन संरक्षणमा सबै सकृय भएर लाग्नुपर्ने बताउदै उहाँले नन्दन वनले गरेको कामको प्रशंसा गर्नुभयो । स्वास्थ्य विमाले बर्षभरि १ लाखको उपचार पाउने व्यवस्था वनले गरिदिएको हुनाले र सहजताका लागि विद्युतिय चुल्हो वितरण गरेकोले सहि सदुपयोग गर्न उपभोक्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गैँडाकोट ६ का वडाध्यक्ष शुभाष चापागाईँ, गैँडाकोट ८ का वडाध्यक्ष प्रेम सापकोटा, सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख दुर्गादत्त कँडेल, वडा स्वास्थ्य स्वयमसेवकले वनले राम्रो र फलदायि काम गरेको बताउनुभएको छ ।
कार्यक्रममा वनका उपाध्यक्ष नरजंग रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सचिव कमला शर्माले गर्नुभएको थियो भने वनका अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।