सुभाष चन्द्र आचार्यको नेतृत्वमा नेपाल तरुण दल गैँडाकोट ५ को कार्यसमिति गठन

गैँडाकोट । नेपाल तरुण दल गैँडाकोट नगर कार्यसमितिको आयोजनामा तथा नेपाली कांग्रेस गैँडाकोट वडा नं ५ को समन्वयमा सुभाष चन्द्र आचार्यको नेतृत्वमा नेपाल तरुण दल गैँडाकोट वडा नं ५ को २५ सदस्य कार्यसमिति गठन गरिएको नेपाल तरुण दल नगर सभापति रोशन सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गैँडाकोट नगर सभापति बद्री सापकोटा तथा नेपाल तरुण दल जिल्ला सभापति मिन घले रहनुभएको थियो। कार्यक्रममा गैँडाकोट वडा नं २ अध्यक्ष प्रकाश सापकोटा , नेपाल तरुण दल प्रदेश सभा सभापति राजु पौडेल, नगर सचिव गोविन्द घिमिरे, कोषाध्यक्ष गोपीनाथ खरेल, युवा नेता किसान गुरुङ, गण्डकी प्रदेश प्रतिनिधि प्रकाश परियार, क्षेत्रीय प्रतिनिधि केशव शर्मा, नेपाल महिला संघ निर्वतमान जिल्ला कोषाध्यक्ष शान्ती न्यौपाने, नगर सदस्य रमेश तिवारी, सरोज कडेल, नेपाली कांग्रेस गैँडाकोट वडा नं ५ उपसभापति विष्णु प्रसाद गौतम, सचिव श्री दीपक ढुङ्गाना, कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, नेपाल महिला संघ गैँडाकोट वडा नं. ५ शाखा सहसचिव श्रीमती डिल कुमारी थापा मगर, कांग्रेस नेतृशारदा शाही ठकुरी,सुरचिता कोइराला, नेपाल तरुण दल गैँडाकोट नगर कार्यसमिति पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सफल संचालन नगर तरुण उपसभापति सुमन लमिछानेले गर्नुभएको थियो