क्यान्सर संक्रमित चालिसेलाई आर्थिक सहयोग प्रदान 

२०८१ चैत १० सोमबार २०:०८:०० मा प्रकाशित

गैंडाकोट । क्यान्सर रोगबाट ग्रसित गैँडाकोटकी भगवती अर्याल चालिसेलाई उपचारार्थ दुई लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । विगत लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित गैंडाकोट ६ निवासी मुकुन्द चालिसेकी धर्मपत्नी भगवती अर्याल चालिसेलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरिएको छ।

 

गैंडाकोटबाट प्रवासमा बसोबास गर्ने विभिन्न देशमा रहेका नेपालीले एकमुष्ट रुपमा संकलन गरी दुई लाख पाँच हजार रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरिएको हो । गैंडाकोट ८ निवासी हाल डेनमार्क बस्ने कुलराज सापकोटाको संयोजकत्वमा संकलित उक्त रकम गैंडाकोट ६ का वडा अध्यक्ष सुभाष चापागाईको रोहवरमा प्रजातान्त्रिक, सेनानी स्वर्र्गीय तिलक प्रसाद सापकोटाकी धर्मपत्नी दुर्गादेवी सापकोटाले हस्तान्तरण गर्नुभएको थियो ।

 

सहयोग रकम हस्तान्तरण समारोहमा प्राकृतिक चिकित्सालय रजहरका सञ्चालक सदस्य चित्रध्वज जिसी, नेपाल तरुण दलका केन्द्रीय सदस्य मोती चालिसे, सामुदायिक वन महासंघका केन्द्रीय सदस्य कमल पराजुली, विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटा लगायतको उपस्थिति रहेको थियो।