विजय एफएममा पानी वहस, पानीको मुहान संरक्षण गर्न सबै सचेत बन्नुपर्ने सरोकारवालाको जोड

गैँडाकोट । पानीको मुहान, वन र पर्यावरण संरक्षण गर्न सबै सजग र सचेत बन्नुपर्ने सरोकारवालाले बताएका छन् । विजय एफएमले शनिबार आयोजना गरेको विश्व जल दिवस बिशेष पानी वहस कार्यक्रममा बोल्दै उनिहरुले पानीको मुहान संरक्षण, वन र सिमसार क्षेत्र संरक्षण, सम्र्बद्धन तथा पर्यावरण जोगाउन सचेत हुनुपर्ने आजको आवश्यकता रहेको बताएका थिए ।
पानी वहस कार्यक्रममा बोल्दै सहमतिका अध्यक्ष होमनाथ सुवेदीले पूर्वाधार विकासलाई प्राथमिकता दिदाँ पानीको मुहान सुक्ने र कम भएको बताउनुभयो । तिनै तहका सरकारले फोहोर व्यवस्थापनको मुख्य स्थानका रुपमा वन क्षेत्र र नदि क्षेत्र वरिपरिलाई नदि, वन, जङ्गलको सभ्यता हराउँदै गएको पनि बताउनुभयो । नदि र जङ्गलको सभ्यता जोगाउँदै अगाडी बढ्नु आजको आवश्यकता रहेको उहाँको भनाई छ ।
सहमतिले ३७ वटा सामुदायिक वनसँगको सहकार्यमा ३५ वटा रिचार्ज पोण्ड निर्माण गरेको छ भने ५ भन्दा बढि मुहान संरक्षणका काममा सहयोग गरेको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँले सहमतिले बिभिन्न क्षेत्रमा गरेका कामले राम्रो प्रभाव पारेको बताउँदै यसरी नै गर्ने काममा सबै सँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो
मौलाकालि सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले वनले पानीको मुहानका लागि ६–७ वटा साना ठुला ताल र सिमसार क्षेत्र बनाएको बताउनुभयो । पानी जिवन भएकाले मूल संरक्षणमा वन क्षेत्र संरक्षण र सिमसार क्षेत्र बनाएर अगाडी बढेको उहाँले बताउनुभयो ।
यस्तै मौलाकालि सामुदायिक वनका अध्यक्ष सापकोटाले अन्य बिभिन्न निकायसँग सहकार्य गरेर अगाडी बढ्न सकिने बताउनुहुन्छ । आगामी पुस्ताका लागि पानी, वन र पर्यावरण जोगाउन स्थानीय सरकार, वन, खानेपानी र अन्य संघ संस्थासँग सहकार्य गरेर अगाडी बढ्ने उहाँले बताउनुभयो ।
गैँडाकोट पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा सहयोग र समन्वय गर्ने, सरसफाई र स्वास्थ्यमा केही रिफण्ड गर्ने बताउनुहुन्छ । उहाँले राम्रो काम सबैले गर्नुपर्ने बताउनुहुन्छ ।
गैँडाकोट पम्पिङ्गका अध्यक्ष न्यौपानेले बिभिन्न सरोकारवालासँग समन्वय गर्न तयार रहेको बताउनुभएको छ । उहाँले घरनक्सा पास गर्दा देखि नै छतको पानी जम्मा हुने व्यवस्था मिलाउनपर्ने बताउनुहुन्छ । सबैले सचेत भएर काम गर्न र जल, जमिन र जङ्गलको संरक्षण नै पानीको संरक्षण भएको उहाँको भनाई छ ।
सबै सरोकारवालाले हातेमालो गर्दै जल, जमिन र जङ्गलको संरक्षणमा जुटनु आजको आवश्यकता हो । जलवायु परिवर्तनको असर कम गर्न, हिमताल फुट्न वा पवष्फोट हुन नदिन र अब आउने पुस्ताले प्राकृतिक स्रोतको सहि प्रयोग गर्न पाउन भन्नका लागि अहिलेको पुस्ताले काम गर्नुपर्ने सरोकारवालाले बताउदैँ आएका छन् ।