मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघको अध्यक्षमा शिव प्रसाद शर्मा चयन

२०८१ चैत ८ शनिबार १९:०४:०० मा प्रकाशित

गैंडाकोट । मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघले शनिबार पाँचौं अधिवेशन सम्पन्न गरेको छ । शिवप्रसाद शर्माको अध्यक्षतामा संघले नयाँ समिति चयन गरेको हो  ।

वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद गौतम, उपाध्यक्षमा सविन थापा, सचिवमा गोविन्द रेग्मी, सह सचिवमा सूर्यप्रसाद कँडेल चयन हुनुभएको हो । कोषाध्यक्षमा सपना पौडेल, सह कोषाध्यक्षमा तेजेन्द्र सापकोटा चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा भेषराज डुम्रे, अशोक तिवारी, देव घिमिरे, भिम बहादुर गुरु∙, रेशम बाचे मगर, रविना कुमाल, छबी जंग ठकुरी, शोभा क्षेत्री, धुव्र न्यौपाने, कृष्ण पाण्डे चयन हुनुभएको छ । 


त्यस्तै, मौलाकालिका होटल व्यवसायी संघले दशौँ साधारण सभा पनि सम्पन्न भएको छ । गैंडाकोट २ स्थित होटल द नारायणी रिसोर्टमामा उक्त कार्यक्रम गरेकोे हो । कार्यक्रममा मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघका अध्यक्ष देवि प्रसाद पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायीहरुको हकहितका लागि गुणस्तरीय तालिम प्रदान गर्दै आएको बताउनुभयो ।त्यस्तै, पर्यटक बोर्डसँग सहकार्य सवंनय एवं माग तालिम गर्नुका साथै होटल व्यवसायीलाई ठगी गर्ने गिरोह विरुद्ध मुद्धा दर्ता लगायतका थुपै्र कार्यहरु गर्दै आइरहेको बताउनुभयो । 


कार्यक्रममा होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखेल, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, जिल्ला उद्योग वाणिज्य संघ गैडाकोटका अध्यक्ष दीपक सापकोटा लगायतले शुभकामना मन्तव्य राख्दै बजार प्रवद्र्धन, सुविधा र पूर्वाधार व्यवस्थापन, खाद्द्यान्न लगायतको कुरामा ध्यान दिन होटल व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । 

 


मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघका उपाध्यक्ष शिवप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव नारायण गौतमले सहजीकरण गर्नुभएको थियो ।