नेपाल तरुण दल गैँडाकोटले पूर्णकालिन सदस्यता वितरण सँगै गर्यो गैँडाकोट १८ को अधिबेशन

२०८१ चैत ७ शुक्रबार १९:१६:०० मा प्रकाशित

गैँडाकोट । नेपाल तरुण दल गैँडाकोट नगरले पूर्णकालिन सदस्यता वितरण तथा गैँडाकोट वडा नम्बर १८ को अधिबेशन गरेको छ ।


गैँडाकोट १८ को अधिबेशनले देवराज सुनारीको सभापितत्वमा नयाँ वडा समिति चयन गरेको नेपाल तरुण दल गैँडाकोट नगरका सभापति रोशन सापकोटाले जानकारी दिनुभयो । 


जसको उप सभापतिमा यम बहादुर सुगरपाक, सचिवमा होमराज सुगरपाक, कोषाध्यक्ष खिमकुमारी चितौरे, सहसचिवमा छविराज सुनारी चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा मनबहादुर आले, थमन सिंह सारु, कुमारी गरन्जा, सोम बहादुर रुचाल, राजकुमार सुगरपाक, डिल बहादुर आले, कुमार सारु, थमेन्द्र सुगरपाक, दल बहादुर माप्छन, चित्र बहादुर सुनारी, लाल कुमार आले, दन बहादुर आले, प्रेम बहादुर सिञ्जाली, बेदप्रकाश सारु, गिरीजाप्रसाद गन्द्रमा चयन हुनुभएको हो । 


यो सँगै गैँडाकोटका अन्य वडामा पनि नेपाल तरुण दलको वडा समिति गठन गरिने नेपाल तरुण दल गैँडाकोट नगरका सभापति रोशन सापकोटाले जानकारी दिनुभयो ।