रास्वपा गैँडाकोटकोे भोलि शनिवार प्रथम ऐतिहासिक नगर अधिबेशन हुँदै

गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोटले यहि चैत २ गते शनिवार प्रथम ऐतिहासिक नगर अधिबेशन गर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य हरि ढकालको प्रमुख आतिथ्यतामा प्रथम ऐतिहासिक नगर अधिबेशन गर्ने रास्वपाका नगर अध्यक्ष ज्ञानहरि कँडेलले बताउनुभयो ।
गैँडाकोट १२ को पौवा पार्टी प्यालेस हर्कपुरमा यहि शनिबार विहान ११ बजेदेखि नगर अधिबेशन सुरु हुने जनाइएको छ ।