वुमन्स डे कप ः समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबिच प्रतिष्पर्धा हुने

काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ । हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ ।
नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।